Jilla Ban Notis

पौष १ गते देखि बर्दघाटमा कृषि,पर्यटन तथा औधोगिक ब्यापार मेला हुने ।

0 291

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२१
यहि पौष १ गते देखि ११ गते सम्म छैठौं बर्दघाट कृषि,पर्यटन तथा औधोगिक ब्यापार मेला–२०७९ हुने भएको छ । आज बर्दघाट उद्योग वाणीज्य संघले पत्रकार सम्मेलनको आयोजना गरी मेला संचालन गर्न लागिएको जानकारी गराएको हो ।

संघका अध्यक्ष लेखनाथ नयौपानेको अध्यक्षता र महासचिव दिनेश न्यौपानेको संचालनमा भएको पत्रकार सम्मेलनमा मेलाको तयारी र मेला ब्यवस्थापन तथा संचालनका वारेमा जानकारी गराईएको थियो ।

पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार मेला आयोजक संस्था बर्दघाट उद्योग वाणीज्य संघले बर्दघाट–४ हरियाली नगरको बर्दघाट मण्डबमा संचालन गर्न लागेको मेलामा दश वाई दशका २ सय वटा स्टलहरु राखिने छन भने ती स्टलमा स्थानिय ब्यापारीलाई ७० प्रतिशतले छुट गरेर स्टल उपलब्ध गराउने निति तय गरेको छ । त्यसैगरी कृषि,हस्तकला,घरेलु उत्पादनलाई निःशुल्क स्टल उपलब्ध गराउने र प्रवेश टिकटमा ६० रुपैया लिने गरी जाने तयारी भएको तर नितिगत निर्णय लिन बांकी नै रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

करिव ५५ लाख देखि ६० लाख सम्म खर्च अनुमान गरीएको उक्त मेलामा ३ करोड बराबरको आर्थिक कारोवार हुने र १ लाख ५० हजार दर्शकले मेला अवलोकन गर्ने अनुमान गरीएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

दैनिक उपभोग्यवस्तु तथा सेवा,साना घरेलु उत्पादन,जडीबुटी तथा कृषि उत्पादन देखि शैक्षिक,स्वास्थ्य ,बैंक तथा बित्तिय संस्था,होटल तथा रेष्टूरेन्ट,बाल उद्यान,राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती आदी मेलामा रहने आयोजक संस्थाका अध्यक्ष न्यौपानेले जानकारी गराउनु भएको थियो ।

@gauledarpan

छैठौं बर्दघाट कृषि,पर्यटन तथा औधोगिक ब्यापार मेला–२०७९ यहि पौष १ गते देखि ११ गते सम्म हुने

♬ original sound – Gauledarpan – Gauledarpan

Leave A Reply

Your email address will not be published.