Jilla Ban Notis

पाल्हीन्दन गाउँपालिका अध्यक्षद्धारा व्यक्तिगत रूपमा कर्मचारीलाई पाचस हाजरले पुरस्कृत

0 80

गौरीशकर जयसवाल
परासी १८ जेष्ठ
पाल्हीन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता ९दिपक०ले आफुले पाएको एक महिनाको सेवासुबिधा बपातको रकम गाउँपालिकाका एक कर्मचारीलाई दिएका छन ।अध्यक्ष गुप्ताले गाउँपालिकामा कार्यरत बिपत व्यवस्थापनका फोकल प्रसन प्रदिप कुमार तिवारीलाई आफुले पाएको एक महिनाको सेवासुबिधा बपातको रकम दिएका हुन ।
अध्यक्ष गुप्ताले आफुले पाएको एक महिनाको सेवासुबिधा बपातको पाँचस हजार पाँच सय रूपैयाँको चेक कर्मचारी तिवारीलाई दिएको अध्यक्ष गुप्ताले जानकारी दिए ।

उनको अनुसार बिपत व्यवस्थापनको क्षेत्रमा राम्रो काम गरेको र अन्य अरू शाखाको पनि काममा सघाउने प्रशासनिय कार्य गरेको भन्दै बिपत व्यवस्थापनका फोकल प्रसन प्रदिप कुमार तिवारीलाई आफनो व्यतिगत रूपमा चेक दिएको बताए ।

यश अघि अध्यक्ष गुप्ताले गत बर्ष आफानो व्यक्तिगत रूपमा बीस हजार पर्ने मोबाईल तिन कर्मचारीलाई दिएका थिए ।  बिपत व्यवस्थापनका फोकल प्रसन प्रदिप कुमार तिवारीले अध्यक्ष गुप्ताले मेरो कामको मुल्यांकन गरेर दिएको भन्दै काम थप हौसला बढेको र काम गर्ने मनोबल बढेको बताए । उनले अध्यक्ष गुप्ताले दिएको रकमले कामको थप जिम्मेवार बनाएको बताउदै अध्यक्ष प्रति धन्यवाद ज्ञपान व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.