Sarawal Ga pa

पारिवारिक निजीवनका विषयमा अन्तर सम्बाद कार्यक्रम सम्पन्न् ।

0 66

बर्दघाट,असोज–१५
पारिवारिक निजिवन संघ नेपाल ,जिल्ला शाखा नवलपरासीको आयोजनामा पारिवारिक निजीवनका विषयमा अन्तर सम्बाद कार्यक्रम आज बर्दघाटमा सम्पन्न् भएको छ ।
संघका जिल्ला अध्यक्ष होम बहादुर गुरुङ्गको अध्यक्षा तथा बर्दघाट नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बर्दघाट–२ की वडाध्यक्ष दया दर्लामी,सरावल गाउपालिका वडा नम्वर ५ का वडाध्यक्ष दिनेश सहानी,वडा नं. ६ का वडाध्यक्ष कैलाश यादव,सामुदायिक वन महासंघ का जिल्ला अध्यक्ष कमल परियार ,संघका केन्द्रीय अध्यक्ष जोगराज गिरि लगाएतका ब्यक्तिहरुले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।
चिसापानी सामुदायिक वनको परिसरमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारले आफ्नो वनमा वैज्ञानिक वनका नाममा सालका रुख काट्ने तर निजि जग्गामा रहेका रुख काट्न सरकारलाई सोध्नुपर्ने बाध्यता सृजना गरेको बताएका थिए ।
०.५ देखि ०.१० हेक्टरमा रहेको निजि वनलाई पारिवारिक निजिवन भनिने गरी निति बनेको भएपनि सरकारले त्यसवाट हुने उत्पादनमा समेत हस्तक्षेप गरेको उनीहरुको भनाई रहेको थियो ।
त्यसैगरी भु स्वामित्वको अधिकार लिनजान्नु पर्नेमा समेत जोडदिईएको थियो ।

कार्यक्रममा पारिवारिक निजिवन संघ नेपालका अरुण अधिकारीले नेपाल मा पारिवारिक निजि वनको अवस्था र सम्भावना संगै नितिगत चुनौतिका वारेमा कायपत्र प्रस्तुति गर्नु भएको थियो भने संघका जिल्ला सचिव गिरिधारि कोहरको संचालन मा कार्यक्रम सम्पन्न् भएको थियो ।

Leave A Reply

Your email address will not be published.