Bardaghat Krishi Notis

पाँच बुधेें देबघाट घोषणा–पत्र जारीगर्दै ढकालहरुको राष्ट्रिय भेला सकियो ।

0 53

कृष्ण ढकाल
नवलपरासी,साउन–२८

श्रावण २६ गतेदेखि २८ गतेसम्म देवघाटधामको गलेश्वर आश्रममा भएको ढकालहरुको तिनदिने राष्ट्रिय भेला पाँच बुधेें देबघाट घोषणा–पत्र जारीगर्दै सकिएको छ ।

प्रतिष्ठानका केन्द्रिय अध्यक्ष टिकाराम शर्मा ढकालको अध्यक्षता र समाजसेवी सरला ढकालको प्रमुख आतिथ्यता भएको उक्त राष्ट्रिय भेलामा ६४ जिल्लाका ३ सय ७६ जना ढकालहरुको सहभागीता रहेको थियो ।

पहिलो दिन उद्घाटन सत्र सकेसंगै प्रदेश स्तरमा समुह गत छलफल, दोस्रोदिन प्रदेश तथा जिल्ला स्तरवाट उपमन्यु ऋषिका सन्तानहरु अर्थात ढकाल थर र उनीहरुको उद्धगम स्थल, ढकालहरुको कुल पूजाविधि ,तिथि ,मितिका विषयमा कार्यपत्र प्रस्तुत् गरीएको थियो भने तेस्रो दिन प्रस्तुत गरीएका कार्यपत्रहरु माथि छलफल गरी ५ बुधें देवघाट घोषणा पत्र जारी गरीएको थियो ।

जारीगरीएको नेपाल ढकाल समाज प्रतिष्ठानको देवघाट घोषण पत्र–२०७९ यस्तो रहेको छ ।
तल पढ्नुहोस्

देवघाट घोषणा पत्र २०७९

नेपाल ढकाल समाज प्रतिष्ठानको आयोजनामा मिति २०७९ श्रावण २६, २७ र २८ गते सम्म नेपालको पवित्र धार्मिक स्थल देवघाटधाम गलेश्वर आश्रममा संचालित ढकाल विषेश राष्ट्रिय भेलामा ६४ जिल्ला बाट ३७६ सहभागीहरु उपस्थित भई उपमन्यु ऋषि, ढकाल थर, कुल पूजाबिधि तिथि मितिका सम्बन्धमा छलफल भई भेलाबाट निष्कर्षमा आएका बुँदाहरुमा प्रतिबध्द रहि “देवघाट घोषणापत्र २०७९“ का रुपमा घोषणा गर्दछौं।

देवघाट घोषणा पत्र २०७९ का बुँदाहरु

बुँदा नं १

उपमन्यु गोत्रीय ढकालहरुको वंश खोजी गरी लिपीबध्द गर्न नेपाल ढकाल समाज प्रतिष्ठानका जिल्ला समितिहरुले तथ्याङ्कहरु संकलन गरी केन्द्रमा उपलब्ध गराउने,

बुँदा नं २

ढकाल बंशले प्राप्त गरेका बिर्ताहरुको खोज अनुसन्धान गरी जिल्ला समितिहरुले केन्द्रमा विवरण उपलब्ध गराउने,

बुँदा नं ३

कुल पुजाबिधि, तिथि मितिमा भइरहेको विविधतालाई एकरुपतामा ल्याउनको लागि हाल सम्म गरि आएका संस्कार र पध्दतिहरुको विवरण जिल्ला समितिहरुले केन्द्रमा उपलब्ध गराउने,

बुँदा नं ४

ऋषि तपोभूमी प्रशिध्द धार्मिक स्थल देवघाटधाम क्षेत्रमा ढकाल वंशका कुल देवताको मन्दिर सहितको खोज अनुसन्धान, अध्ययन केन्द्र र ढकाल आश्रम निर्माण गर्नका लागि जग्गा खोजी देखि पुर्वाधार निर्माण र परियोजनाको गुरुयोजना तयार गरि आगामी साधारण सभामा पेश गर्ने गरि प्रतिष्ठानका केन्द्रीय अध्यक्ष श्री टिकाराम शर्मा ढकालको संयोजकत्वमा निम्नानुसारको समिति गठन गर्ने निर्णय गरियो।

१, संयोजकः श्री टिकाराम शर्मा ढकाल, केन्द्रीय अध्यक्ष, नेढसप्र
, सह संयोजकः श्री हरि प्रसाद ढकाल, प्रदेश प्रमुख, गण्डकी, नेढसप्र
३, सदस्य सचिवः श्री तारापति ढकाल, केन्द्रीय सदस्य, नेढसप्र
४, सदस्यः श्री सीता देवी शर्मा ढकाल, केन्द्रीय सदस्य, चितवन, नेढसप्र
५, सदस्यः श्री ई. बाबुराम उपाध्याय ढकाल, केन्द्रीय सल्लाहकार, नेढसप्र
६, सदस्यः श्री बिनोदकान्त ढकाल, केन्द्रीय सल्लाहकार, नेढसप्र
७, सदस्यः श्री नेत्र राज हमाल ढकाल, केन्द्रीय सल्लाहकार, चितवन, नेढसप्र
८, सदस्यः श्री नवराज ढकाल, बागमती प्रदेश सदस्य, चितवन
९, सदस्यः श्री शिव प्रसाद ढकाल, अध्यक्ष, चितवन जिल्ला समिति, नेढसप्र
१०, सदस्यः श्री नारायण प्रसाद ढकाल, अध्यक्ष, तनहुँ जिल्ला समिति, नेढसप्र
११, सदस्यः श्री धर्मदत्त ढकाल, अध्यक्ष, नवलपुर जिल्ला समिति, नेढसप्र
१२, सदस्यः श्री छविलाल ढकाल, अध्यक्ष, भरतपुर महानगरपालीका, नेढसप्र
१३, सदस्यः श्री रामहरी ढकाल, जिल्ला सचिव, चितवन, नेढसप्र

बुँदा नं ५

बिषेश राष्ट्रीय भेलामा प्रस्तुत भएका कार्यपत्रहरुको अध्ययन गरी दस्तावेजीकरण गर्न प्रतिठानका वरिष्ठ उपाध्यक्ष श्री जगन्नाथ ढकालको संयोजकत्वमा निम्नानुसारको समिति गठन गरियो। दस्तावेजीकरण सम्पन्न पश्चात बेभसाईटमा राखिनेछ।

१, संयोजकः श्री जगन्नाथ ढकाल, केन्द्रीय वरिष्ठ उपाध्यक्ष, नेढसप्र
२, सदस्यःः श्री कुल बहादुर ढकाल, केन्द्रीय उपाध्यक्ष नेढसप्र
३, सदस्यः श्री चुडामणी ढकाल, केन्द्रीय सल्लाहकार
४, सदस्यः श्री गोपाल प्रसाद ढकाल, केन्द्रीय सल्लाहकार
५, सदस्यः श्री डा. मेघराज ढकाल, केन्द्रीय सल्लाहकार
६, सदस्यः श्री डा. रामहरी ढकाल, केन्द्रीय सल्लाहकार
७, सदस्य सचिवः श्री दामोदर ढकाल, केन्द्रीय महासचिव

देवघाटधाम, तनहुँ श्री टिकाराम शर्मा ढकाल
केन्द्रीय अध्यक्ष नेपाल ढकाल समाज प्रतिष्ठान

ईति सम्वत २०७९ साल श्रावण २८ गते शनिवार शुभम् 

राष्ट्रिय भेलामा लुम्बिनी प्रदेशले प्रस्तुत गरेको कार्यपत्र यस्तो थियो ।

उपमन्यु गोत्रिय ढकालहरुको खोजी
 कार्यपत्र २०७९ देवघाट

प्रस्तुत कर्ताः खोमराज ढकाल
बुटवल –१८

“वादे वादे जायते तत्व वोध’’

१. भूमिका
नेपाल ढकाल समाज प्रतिष्ठानले यस पूण्यभूमि देवघाटमा आयोजना गरेको राष्ट्रिय भेलामा हामी र हाम्रा ढकालहरुको थर कसरी रहन गयो हाम्रो प्रवर के हो ? हाम्रा पूर्वजहरुको उद्गम स्थल कुन हो ? हामी कसरी छरिन पुग्यौँ ? हाम्रो धर्म, परम्परा संस्कृति के हो ? कुल पूजाको विधि कुन उत्तम हो, हाम्रा कुलवंश वृक्ष कहाँ पुग्यो ?आदी आदी विषयमा जान्न छलफलमा भाग लिन हामी यहाँ उपस्थित भएका छौँ । यहाँ उपस्थित सन्त, विद्धान, समाजसेवि, संचारकर्मी, सामाजिक अभियन्ता राजनितीकर्मी शिक्षक विद्यार्थी प्राचार्य डाक्टर प्रोफेसर हामी सबैको गहन छलफलबाट एउटा (घोषणपत्र देवघाट) निश्कर्ष तैयार हुनेछ, भन्ने आसा राखेको छु ।

२. आफूलाई खाजौँ ।
‘हामी’ शब्दबाट अगाडी बढेर आफूलाई चिन्न र चिनाउन पर्दा बोल्नु र लेख्नु पर्दा ‘म’ भन्ने शब्द आउँछ । ‘म’ को हो ? म कहाँबाट आएँ । मलाई यस धर्तिमा कसले अवतरण गरायो । ‘म’ लाई धर्तिमा ल्याउनेहरुलाई पनि अरु कसैले धर्तिमा ल्यायो होला । यस धर्तिमा ल्याउने र आउने लामो श्रृखला छ । करिब १ करोड वर्षबाट हामी यहाँ कुनै न कुनै रुपबाट छौँ हाम्रो अस्तीत्व छ । त्यही अस्तीत्व अथवा म र मेरो पूर्वज खोज्नु पत्ता लगाउनु तिनिहरुको सामाजिक, आर्थिक र आध्यात्मिक जीवनको बारेमा थाहा पाउनु, खोज्नु अनुसन्धान गर्नु हाम्रो ढकाल वंशका नरनारीको कर्तव्य भएको छ ।
समाजका पूर्वजहरुको खोजी गर्न अनुसन्धान गर्न त्यति सजिलो कार्य हैन । यस पथबाट अगाडि बढ्दा सयौँ भडखाला, हजारौँ नदी र भिरपाखा पार गर्नु पर्ने हुन्छ । भागिरथ प्रयासबाट मात्र यो सम्भव छ । तर पनि यो कार्य पूर्ण हुन सक्दैन ।
हाम्रा अग्रजहरुले पनि यस विषयमा खोज अनुसनधान गरेका थिए । हामी ति कृतिहरु सम्म पुग्न र प्राप्त गर्न सकेका छैनौँ । योगि नरहरीनाथ नरहेपनि वेणिमाधव ढकाल, चुडामणि ढकाल, कृष्ण प्रसाद ढकाल, टीकाराम शर्मा ढकाल, गुरुदत्त ढकाल, देवीभक्त ढकाल लगायतका महान खोजकर्ताहरु हामी समक्ष हुनुहुन्छ । निरन्तरको प्रयास पछि यसको नतिजा प्राप्त हुने कुरामा आसातित छौँ । हाम्रा पूर्वज सम्बन्धि विभिन्न मतहरु रहि आएका छन् ति मतहरु मध्ये यहाँ विवेचना गरिने छ ।

पुर्खाको खोजी गोत्र र प्रवरको आधार

क) हाम्रो पर्वर
ख) हाम्रो गोत्र
ग) हाम्रो थर

क) पर्वर– वशिष्ठ÷ऐन्द्रप्रमोद÷आभारदवशु÷कपिलविरुज(विरज)÷उपमन्यु

हामी ढकालहरुले माथि लेखिएका ऋषिहरुको नामबाट कहीँ कतै त्रिपर्वर कहीँ कतै पञ्चपर्वर उल्लेख गरेको पाइन्छ । वास्तवमा हाम्रो पर्वर कुन हो त ?
वशिष्ठ
ब्रहमाजीका मानस पुत्र र सप्तऋषिहरु मध्येका सर्वश्रेष्ठ ऋषि वशिष्ठ हुन् । ऋषि वशिष्ठ ऋगवेदका सातौँ मण्डलका रचयिता अग्निपुराणका रचयिता, वशिष्ठ सहिंता र योग वशिष्ठका रचयिता हुन् (प्रकृति र मानिसको बिचमा सम्बन्ध) यसैगरी पुलस्तर ऋषिसँग मिलेर विष्णुपुराणको रचना गरे । वशिष्ठ गुरुलाई ब्रह्माजीका २ वटा कार्य आदेश थियो । एउटा थियो अग्नी वरुणको आराधाना गरि पृथ्वीमा श्रृष्टी चलाइराख्नु र मानिसलाई कर्मशिल बर्नाइराख्नु । दोस्रो– सूर्य वंश÷रघुवंशको ऋत्वीक बन्नु । गुरु वशिष्ठले दोस्रो कार्य गर्न अनिच्छा जाहेर गर्नु भयो, सम्झाउदै ब्रह्मा जीले भन्नुभयो पछि गएर रघुकुलमा स्वयं भगवान विष्णुको जन्म हुनेछ भगवान विष्णुको प्रत्यक्ष सेवा गर्न मौका मिल्ने भए पछि वशिष्ठले उक्त कार्य स्वीकार गर्नुभयो ।

बृहत विष्णु पुराणः मिथिला खण्डमा लेखिए अनुसार अबध नरेश महाराज इत्वाकु (वालमिकी रामायण प्र.सँग) को कान्छा छोरा ‘निमि’ आफ्ना सहादेर दाजु ‘ककुत्स्थ’ को राज्य भिषेकका दिन आफ्ना पिताजीको दाजु तर्फ भएको बढी झुकावका कारण चित दुखाइ विरक्त भइ तपस्या गरि, तपोवलबाट पराक्रमी बनि राजा बन्न अवध राज्य त्याग गरि तिरहुत तिर लागे । तिरहुत राज्यमा गौतम ऋषिको आश्रम थियो । उनी त्यहाँ पुग्न तिरहुत राज्य तथा (अहिलेको नेपालको मधेश प्रदेश र भारतको बिहार) लंकाको राजा रावणको अधिपत्यमा गएको थियो रावण चक्रवति सम्राट भएकोले समुन्द्र वारी सम्म उसको शासन चल्थ्यो र यहाँबाट कर उठाँउथ्यो । तिरहुत राज्यमा निशाचर रावणले तिरहुतका (तिरभक्ति) ऋषि मुनिहरु सगँ कर माग्दथ्यो । ऋषिहरुसँग कर तिर्नका लागि धनसम्पति नभएकोमा उनीहरुको रगत, माटोको कुम्भमा जम्मा गर्दथ्यो । तथापी यज्ञआदी कर्ममा उत्पात मचाउँथ्यो । यसबाट क्रोधित भएका मुनिहरुले ‘निमि’ नाम गरेका राजकुमारलाई आफ्ना आश्रमदेखेपछि खुशि भए स्वागत गरे र गौतम ऋषिबाट शिक्षा दिक्षा प्राप्त गरि ‘निमि’ वीर र पराक्रमी बने र राजकुमार निमि तपोवलको तेजले राजर्षि कहालिन लागे । तथापी उनी गौतम ऋषिको आश्रममा तपस्या गरेर बसिरहे । आश्रम वरिपरि रावण राज्यले गरेको अत्याचार सहननसकि निमिले धनुष उठाएर गौतम ऋषिका अगाडी संकल्प गरे । यो कुरा थाहा पाएपछि क्रान्तीकारी ऋषि जमदग्नी तुरुन्त तीर मुक्ति अथवा तीरहुत आए र निमिलाई तीरहुतको प्रथम राज तिलक लगाई राजा बनाई दिए । यो सन्देश थाहा पाए पछि रावणका निशाचर तीरहुतबाट भागे तीरहुतबाट रावणको प्रभाव उपनिवेश सकिएको थाहा हुने वित्तिकै स्वर्गका राजा देवराज इन्द्र डराएर षडयन्त्र गर्न लागे । तपःपूत तीरहुत राज्यमा धर्म र यज्ञको प्रभाव बढ्यो गौतम ऋषिले गुरु वशिष्ठलाई बोलाएर यज्ञ गर्नका लागि निमीलाई सम्झाए, तीरहुतको यज्ञ भंग गर्न वा गर्न नदिन चाहन्थे देवराज, उनले धेरै धन सम्पति दिने षडयन्त्र गरि स्वर्गमा आफ्नो यज्ञ गर्न गराउन भनि वशिष्ठलाई फकाए र ऋत्विक बनाए । त्यसै समयमा निमिको पनि ऋत्विक बन्न निमन्त्रणा आयो । गुरु वशिष्ठले अहिले म इन्द्रको यज्ञको आराधाना गर्दैछु पछि तिम्रो गरौँला भनेको थिए ।

निमीले यज्ञ पछि लैजान अस्वीकार गरे र यज्ञ सुरु गरे । स्वर्गमा यज्ञ सकेर वशिष्ठ तिरहुत आउँदा निमिले यज्ञमा अरुलाई नै ऋत्वीक बनाएका रहेछन् । वशिष्ठले सूर्य वंशमा ऋत्विक बन्ने आफ्नो अधिकार भएको भनि निमिलाई तत्काल मृत्यु हुने श्राप दिए । “दोषा वाच्या गुरोरपि’’ राजर्षि निमिले पनि गुरु वशिष्ठलाई तत्काल श्राप दिए । “अर्थलोेलुपता प्रयुवचन– विमुख तपाईको पनि पार्थिव शरिर तुरुन्त नष्टहोस्’’ । दुवैजना यज्ञ आम्ने साम्ने ढले । दुवैको मृत्यु भयो गुरु वशिष्ठको पार्थिव शरिर म¥यो तर आत्म मरेन र तत्काल मित्रावरुण (मैत्रेयवरुण) ले सम्भोग गरि उर्वशीका गर्भबाट वशिष्ठको पूर्नजन्म गराए । यता गौतम लगायतका ऋषिहरुले आराधाना गरि तपपूत निमिको ज्यान बचाइदिन विष्णुसँग आराधाना गरे। निमि पनि मृत्युबाट पुनः उठे र भुईमा बसे उनले देवगणसँग भन्नलागे ‘शरिर त्याग गरिसकेपछि मानिस भगवत तत्वमा लिन भैजान्छ म भगवत तत्व प्राप्त भैसकेपछि पुन यहाँ भौतिक शरिर लिन चाहान्न मलाई माफ गर्नुस भनेपछि उनको पार्थिव शरिर मन्थन गरि जो दिव्य वालक जन्मन्छ त्यही यस तीरहुतको राजा बन्ने छ भनि सुझाए र उस यज्ञमा शास्त्रार्थ विधिले राजर्षि निमिको शरिर मन्थन गरियो र दिव्य वालक उत्पन्न गराइयो । वालकले स्वयम जन्म लिएको हुनाले उनलाई ‘जनक भनिया (जनी प्रादुभावे) विगत देह (मथित शरिर) बाट जन्मेको हुनाले ‘विदेह’ अथवा मन्थनबाट प्राप्त भएकोले मिथिला’ नामले संसार प्रसिद्ध भयो । उनैलाई तीरहुतको राजा घोषणा गरियो । उनले गरेको राज्य नै जनकपुर मिथिला हुन गयो ।

सबाट प्रष्ट हुन्छकि वशिष्ठ ऋषि व्रह्माका मानसपुत्र थिए भने मैत्रैय बरुण र उर्वसीका छोरा पनि थिए ।उपरोक्त कथनबाट हाम्रो वंशको श्रृङ्खला यस्तो देखिन जान्छ –
ब्रहमाजी मैत्रयावरुण वशिष्ठ  वशिष्ठको विवाह कर्दम प्रजापति र देवहुतीकी छोरी अरुनधती (उर्जा) सगँ भएको थियो ।

उनीहरुका ७ भाई भन्दा बढी छोराहरु थिए । यो कुरा श्रीमद भागवतको चौथो स्कन्दको अध्याय एकको चालिस र एक चालिसौँ श्लोकमा लेखिएको छ ।

ऊर्जायां जज्ञिरे पुत्रा वशिष्ठस्य परंतप ।।
चित्रकेतु प्रधानास्ते सप्त ब्रहमर्षयो क्मलाः ।।
चित्रकेतुः सुरोचिश्च विरजा मित्र एव च ।
उल्बणो वसुमृधानो घुुमाञ्छक्तयाद्यापूरे ।।

अर्थ महर्षि वशिष्ठकी पत्नी उर्जा (अरुन्धती) बाट चित्रकेत प्रधान पापरहित सात वहमर्षिहरु चित्रकेत सुरोचि विरज मित्र, उल्वण, वसुमृणन घुमान र शक्ति आदी महर्षि जन्मिएका हुन।

व्याघ्रपाद

चलन चल्तीमा तथा पुस्तकहरुमा उपमन्युका पिताजी र वशिष्ठका छोरा व्याघ्रपाद हुन भन्ने गरिन्छ । वशिष्ठ ऋषिकी अर्की पत्नी ‘‘व्याघ्रयोनि’’ बाट जन्मेका १९ भाई छोरामध्ये एक भाई व्याघ्रपाद थिए भनिन्छ ।

–स्मृतो वैयाघ्रपद्य ः वशिष्ठस्य व्याघ्रयोन्यां जातस्य
व्याघ्रपदस्य पुत्रः (व्याकरण शास्त्रेतिहास)
व्याघ्रयोन्यां ततो जाता वशिष्ठस्य महात्मनः ।
एकोनविंशतिः पुत्रा ः ख्याता व्याघ्रपदादयः ।।
(संस्कृत व्यकरणशास्त्रको इतिहास, प्रथम भाग पृष्ठ १३४

माथि वर्णन गरिएको तथ्यहरुबाट व्याघ्रपाद महर्षि वशिष्ठका छोरा थिए भन्न सकिन्छ ।

उपमन्यु

हाम्रो गोत्र प्रबर्दक मानिएका ऋषि उपमन्यु हुन?

श्रृणु तात प्रवक्ष्यामि शिवस्य परमात्मनः ।
सुरेश्ररावतारस्ते धौम्यग्रजहिंतावहम् ।।१।।
व्याघ्रपादसुतो धीमानुपमन्युस्सताम्प्रियः ।।
जन्मान्तरेण संसिद्धः प्राप्तो मुनिकुमारताम् ।।२।।
शिवपुराण तृतिय शतरुद्र संहिताको अध्याय ३२ शिलोक १ र २

तत्राहमद्धतान् भावानपश्यं गिरिसत्तमे ।
क्षेत्रं च तपसां श्रेष्ठं पश्याम्यद्भुतमुत्तमम् ।।४४।।
दिव्यं वैयाघ्रपद्यस्य उपमन्योर्महात्मन ः ।
पूजितं देवगन्धर्वैब्र्राह्या लक्ष्म्या समावृतम् ।।४५।।
नानाशकुनिसम्भोज्यैः फलैर्वृक्षरलङ्कृतम् ।
यथास्थानविनिक्षिप्तैर्भूषितं भस्मराशिभिः।।४९।।

भगवान श्रीकृष्ण द्धारा उपमन्युको हिमालयनमा रहेको आश्रमको वर्णन महाभारत अनुशासन पर्व र आदि पर्वमा वर्णन गरिएको छ ।
वशिष्ठका पौत्र(नाती) व्याद्य पादका छोरा थिए । रामप्रसाद पन्थ दायित्ववाङमय प्रतिष्ठान नेपालका अध्यक्षले (पन्थ हरुको वंशावलीमा लेख्नुभएको)
माथिका विषयमा दृष्टी गर्दा वशिष्ठका १०० औँ भाई छोराहरु मध्ये व्यद्य्रपाद हुन सक्छन् । व्यद्यपादका छोरा उपमन्यू भएकोमा भने कतै पनि विवाद देखिदैँन ।
तसर्थ ढकालहरुको गोत्र पर्वदक ऋषि उपमन्यू भएको कुरा निक्र्योल गर्न सकिन्छ ।
उपमन्यू ऋषि शिवभक्त थिए । उपमन्यूको पिताजी व्यद्य्रपादको मृत्युपछि जिवीको पार्जन गर्न शिव पूजा आराधाना गर्न आमालाई कठिनाई परेकोले उक्त कार्य वालक उपमन्यूमा जिम्मेवारी पर्दछ ।

उनले आमाको निर्देशन बमोजिम शिवको कडा आराधाना गर्दछन् पूजा गर्दछन र शिव पार्वती खुशी प्रसन्न भएर उनलाई छोराको रुपमा स्वीकार्छन र दरिदता नरहने र क्षिर सागर नै उनलाई प्रदान गरेको कथा शिवपुराण को अध्याय १ र २ मा पाइन्छ ।

कैलाश पर्वतको नजिकै वसेर उपमन्यूले जीवन निवार्ह गरे । भगवान कृष्णले पाशुपात ज्ञान ऋषि उपमन्यूबाट लिएको र उपमन्यूलाई गुरुमानी शिवलाई प्राप्त गरेको तथ्य शिवपुराणमा उल्लेख छ ।
गोत्रका विषयमा र गोत्र पर्वतक ऋषि उपमन्यूको विषयमा खासै मतान्तर छैन् ।

उपमन्यू गोत्र भित्र ढकाल, पन्त, पन्थ, पाठक, पाँडे मैनाली र दाहालहरु समेत थरहरु रहेको पाइन्छ ।

 

तसर्थ उपमन्यु व्याघ्रपादका छोरा थिए भन्न सकिन्छ । तर उपमन्युका छोरा सिन्धुप्रद हुन वा उपमन्वय । सन्तति जे भएपनि गोत्र उपमन्युमा कुनै विवाद देखिदैन ।

 

हाम्रो पर्वर

वशिष्ठस्य कपिञल्यां धृताच्यां समपद्यत ।
कुशीतीयः समाख्यात इन्द्रप्रमति उच्यते ।।८८।।
पृथोः सुतायाः सम्भूतः पुत्रस्तया भवद्वस ः ।
उपमन्युः सुतस्तस्य यस्येमे उपमन्यवः ।।८९।।
(श्रीवायुपुराण उत्तरार्ध, अ.९)

व्सिष्ठकी कपिञली,घृताचीबाट इन्द्रप्रमतिजस्ता विख्यात पुत्र भए । उनका पुत्र वसु थिए । तिनै वसुका पुत्र उपमन्यु र तिनका सन्ततिलाई उपमन्वय भनियो ।
ऊर्जायां जज्ञिरे पुत्रा वशिष्ठस्य परंतप ।।
चित्रकेतु प्रधानास्ते सप्त ब्रहमर्षयो क्मलाः ।।
चित्रकेतुः सुरोचिश्च विरजा मित्र एव च ।
उल्बणो वसुमृधानो घुुमाञ्छक्तयाद्यापूरे ।।

ढकालहरुले मानि आएको त्रिपर्वर वा पञ्चपर्वर मध्ये कुल श्रेष्ठलाई कुल रक्षकलाई प्रवर मान्ने हो भन्ने उपमन्यूलाई मान्य सकियो । तर विरुजको इतिहास भेटिदैन बरु विरुजको ठाउँमा विरजा हुन सक्नेभयो ।

कपिल

हाम्रा पुराण अनुसार श्रीमदभागवतको क्ष्क्ष्क्ष् स्कन्दको २४ अध्याय ४ र ५ औँ श्लोक अनुसार “कार्दमं विर्यमापन्नो जज्ञेक्अग्निरिवदारुषि तस्य बहुँतिथे काले भगवान्मधुसुदन’’ कपिल अवतार खण्डमा पृथ्वीमा दिव्य १२ हजार वर्ष सम्म पानी पर्यो पृथ्वी जलमान भयो । कर्दम प्रजापति र देवहुति डुङ्गामा चढेर जीवन निर्वाह गरे त्यहि डुङ्गामा ९ वटी छोरी जन्मे र एउटी छोरी उर्जा (अरुन्द्यती) वशिष्ठले विवाह गरे अरु ८ वटी छोरी पनि देवताहरुले विवाह गरे अन्तीममा छोरा जन्म्यो उनको नाम कपिल रह्यो जसलाई भगवान विष्णुको अवतार मानियो कपिलको जन्म भएपछि कर्दम प्रजापतीले वन प्रस्थान गरे । कपिल हुर्कदैँ गए र उनी पनि तपस्यामा लिन भए र उनले संख्या योग हिरण्य गर्भ दर्शन बनाए र आफ्नी आमा देवहुतीलाई पहिलो ज्ञान सुनाए । भन्ने कपिल अवतार उपमन्यूका बुढा हजुरबाका साला अथवा वशिष्ठका साला तथा उपमन्यूको बूढा मावली हाम्रा प्रर्वर कुल भुषण हुन्छन कि हुदैँनन यो विचारणिय छ ।
त्यसैगरी दोस्रो मतमा रहेका वशिष्ठ, ऐन्दप्रमोद र आभारदवसु प्रर्वरका रुपमा हेरौँ ।
वशिष्ठ कुल भुषण श्रष्टा भए । ऐन्दप्रमोद(इन्द्रप्रमोद) को बारेमा कही उल्लेख छैन तर भारतीय यूटुव चैनलले इन्द्रप्रमोद वशिष्ठ र उपमन्यु भन्ने गर्दछन् ।
आभारदवसु भन्ने पनि कहि कतै उपमन्युसँग जोडिएको देखिदैन बरु वसु भन्ने ऋषि वशिष्ठका छोरा हुन तिनलाई (वसुलाई) आभारदवसु भनियो कि ? यो पनि विचरणिय छ । विज्ञहरुबाट यस विषयमा तर्कहरु पेश हुने नै छन् भन्ने आशा राखेका छौँ

ढकाल थर कसरी रहन गयो ?

मानिसहरुले लेख्दै आएका थरहरु विभिन्न परिवेशमा उत्पन्न भएका हुन ।

कोही पदबाट वा कार्यको जिम्मेवारीमा री प्रत्यय जोडेर कहीं वसाईको स्थानबाट,
योग्यताबाट थर बन्न पुगेका छन् ।
जस्तै पदबाट– अधिकारी, भण्डारी
वसाईको स्थान– गैरे, वगाले कोइराला गौँडेल खनाल
योग्यताबाट– व्दिवेदी, सुवेदी, चतुरवेदी, पाठक
कार्य दक्षताबाट– रिजाल, डुम्रे, ढकाल, वली पन्त पन्थ जैसी जोइसी पण्डीत

१) ढकाल

पौराणिक संस्कृतमा ‘‘ ढक्कां’’ भन्नाले डमरु भन्ने बुझिन्छ । भगवान शिवका भक्त उपमन्यू र उनका सन्तानका एउटा शाखाले शिवपूजामा ढक्कां(डमरु) बजाएर पूजा गर्ने गरेको हुदाँ ढक्कां वाला अथवा डमरु बजाउने वाला भनि जनजिब्रोबाट आएकोले ढक्कांवाला हुदैँ ढक्कांल–ढकाल हुन गएको हो भन्न सकिन्छ । भगवान शिवले बजाउने डमरुलाई ढक्कां भनिन्थ्यो । डमरु बजाएर पूजा गर्ने बह्माणका छोरा शाखालाई ढकाल भनियो ।

महेश्वर सुत्राणी ÷ पौराणिक संस्कृतमा ढक्कां शब्द कसरी प्रयोग भएका थिए हेरौँ ।
“नृत्तावसाने नटराजराजो ननाद ढक्कां नव–पञ्च–वारम् ।
उद्धर्तुकामः सनकादिसिद्धनेतद्धिमशे शिवसूत्रजालम् ।।’’

आचार्य पाणिनीले आफ्नो तपश्चयाले आशुतोष भगवान शंकरको अतिशयाप्रिय डमरुको शब्दबाट यि सुत्रहरु उपलब्ध गराएका थिए । नन्दीकेश्वर द्धारा लिखित काशीका ग्रन्थ उपमन्यु बाट ढकाल थर– भागवत अलङ्कार पण्डित नेत्र पराजुलिका अनुसार–मानव सभ्यताको क्रममा सृष्टिकर्ता ब्रम्हाजीका मानसिक पूत्र वशिष्ठ ऋषि उनीबाट तत्वज्ञानी पूत्र व्याघ्रपाद र उनैबाट बालयोगी उपमन्यु जन्मिनुभएको हो । उपमन्यु बाल्यकालमा मामाको गृहमा जादा गोदुग्ध पानगर्ने गरेको देखी आफ्नो मातासँग दुध पानगर्ने इच्छा प्रकट गर्दा माताले (देवकी)ले भगवान शिवको आराधना गर्ने सल्लाह दिनुभो । सोही कुरालाई मनन् गर्दै बालक उपमन्यु शिव भक्ति बन्नुभो । शिव शंकर भगवानले इन्द्रको स्वरूप गरी धेरै शिवभक्तिको परीक्षण पश्चात् उनलाई शिव कृपा प्राप्ति भएको पाइन्छ । उनै ऋषिको नाम उपमन्यु ऋषि रहेको हो । उनले मत्स्यावती सँग विवाह गरेका थिए । उनैको वंश परम्परा यस पृथ्वीमा धेरै फैलिएको पाइन्छ । उपमन्यु गोत्रभित्र विशेष गरी २६ थरहरु प्राप्त भएका छन् । तिनीहरूमध्ये ढकाल थर पनि एक नेपालमा बसोवास गर्ने संस्कारिक थर अन्तर्गत पर्दछ ।

द्वापर युगमा श्रीकृष्ण भगवान शिव पार्वतीको आराधना गर्न जाँदा महर्षि उपमन्यु हातमा डमरु र त्रिशुल धारण गरी कठोर तपस्या मा हुनुहुन्थ्यो । त्यो देखी भगवान श्रीकृष्णले हामी, शिवजीलाई दर्शन गर्न जादै छौं बाटोमा तिम्रो दर्शन मिल्यो अब हामी जान्छौं भन्दै बोल्दा उनी नबोलेकोले श्रीकृष्ण भगवानले उनलाई डमरु धारण गरेकाले ।।।ढक’ र त्रिशुलधारण गरेकाले वृद्ध भन्ने अर्थमा ।।।ढकबाजे’ भनी उच्चारण गर्नुभो र त्यसै समय देखी शिवभक्त डमरु र त्रिशुल धारण गर्ने व्यक्तिनै ढकाल भन्ने घरमा परिचित हुनपुग्यो (।।।ढक – डमरू’) । उपमन्यु गोत्रको वेद – यजुर्वेद हो ।

शाखा – माध्यान्दिनीय हो ।
दिशा – दक्षिणावर्त हो ।
प्रवर – वशिष्ठ, इन्द्रप्रमद र उपमन्यु गरी त्रिपवर हो ।

२. संस्कृतमा ‘ढक’ भन्नाले ढिको अथवा ढिक बुझिन्छ उपमन्यूका सन्तानको एउटा शाखा ढिकमा घर बनाएर बसोकोले ढिक वाल ढकबाट ढकाल भएको भने तर्क छ ।

३. वङ्गलादेशको ढाका, कालिकोटको आछामको ढाकु भन्ने स्थानमा बसोबास गरेको कारण ढकाल नभइ ढकाल बसेको कारण ढाकु भएको हुन सक्छ ।
यि ३ वटा मतमा पहिलो मत नै वलियो देखिन्छ । किनभने उपमन्यू गोत्रका अन्य शाखा मध्ये पन्त राज दरवारको सल्लाहाकार लाई पन्त, बाटो देखाउने समाजको अगुवालाई पन्थ पाठ गर्नका शाखालाई पाठक सैनिक पजनी गर्ने शाखालाई पाडेँ भनिएको हुनु पर्दछ । मन्त्र भट्टयाउने हरुलाई शाखालाई भट्ट भनियो भने पूजामा डमरु बजाउने वालालाई ढकाल भनियो ।

 

ढकालहरुको उत्पति कहाँ भयो ? ढकालहरुको मूल थलो कुन हो ?

शिवजीको वासस्थान पूर्वमा गौरीशंकर हिमाल र पश्चिममा कैलास पर्वत अथवा हिमालय नै प्रिय स्थान हुन ।
कैलास पर्वतमा बस्ने भगवान शिवको विवाह हिमालय पर्वत राज कि छोरी पार्वतीसँग भएको थियो । त्यसैले पर्वत (हिमालय) पनि शिवको क्षेत्र भनिन्छ ।

शिवको तपस्या गर्ने ऋषिमुनिहरु यिनै हिमालय पर्वतका काख कन्दरामा बसेर तपस्या गर्दथे । त्यसैले उपमन्यू पनि नदिको किनार पहाडी गुफामा बसेर तपस्या गरेको तथ्यहरु भेटिन्छन् । यसै कुरालाई पुराणहरुमा हेरौँः

१) श्रीमद भागवतको तेश्रो स्कन्द १३ औँ अध्यायको १४ श्लोकमा लेखिएको छ । “यदोक सर्वसन्त्वानां मही मग्ना महाम्भसि ।। ’’
अस्या उद्धरेण पत्नी देव देव्या विधियताम ।।
अथवा पृथ्वी जलमग्न भयो त्यसको उद्धारका लागि देवदेवताहरुले विधि विधान बनाए । श्रृष्टीको क्रममा पृथ्वी जलमग्न भयो पृथ्वी डुब्यो अनि पृथ्वी प्रलय भयो । महाभारत पर्वतको केही भाग र हिमालय बाकिँ रह्यो पानीले छोड्दै जादाँ पनि पहिला हिमाल त्यसपछि महाभारत पर्वत पहाड छोड्यो अनि समथर भाग थोरै मानिस मात्र बाचँे पुनः श्रृष्टी गर्ने योजना बनाए १४ औँ स्वम्भु मनु र शतरुपाले छोरी जन्माएर पहाड पर्वतमा तपस्यामा लिन बह्मचारी कर्दम प्रजापति (बह्माजीका छाँयाबाट बनाइएका पुत्र) लाई विवाह गरिदिए । कर्दमले डुङ्गा तथा विमानमा बसेर ९ वटी छोरी पाए एक छोरा एउटी छोरी वशिष्ठलाई दिए । छोरा कपिल मुनि विष्णुका अवतार बने ।
वशिष्ठ र अरुद्यतिका नाति उपमन्यू ऋषिको जन्म पनि पहाडमै भयो ।
मनुले राज्य गरेको ठाउँ अहिलेको कालिकोटको मान्मा हो । (योगि नरहरिनाथ) विज्ञानका अनुसार पनि पृथ्वीमा ठुलो भुईँचालो आई टिथेससागर उठि अहिलेको हिमालय बन्यो अरु जमिन जलमग्न भयो भन्ने भनाई छ ।
उपमन्युको जन्म गौरीशंकर हिमाल र कैलास पर्वतको विच भागमा नै हुनुपर्दछ । श्रीमद भागवतको क्ष्क्ष्क्ष् स्कन्दको २३ अध्यायको २२ र २३ नं श्लोक हेरौँ ।पुलहाय गतिं युक्ता क्रतेव चक्रियां सतिम ।।
ख्यातिं च भृगवेडयच्छव्दाशिष्ठायप्यरुन्धतीम ।।
अर्थ पुलहसित गतिको क्रतुपितसँग क्रियाको भृगुवित ख्यातीको वशिष्ठसँग अरुन्धतीको विवाह भयो ।
यिनै वशिष्ठका नातिहरुका शाखा उपमन्यू्, उपमन्यूका छोरा सिंधुप्रदले(उपमन्यव) पनि हिमालय वा पर्वतहरुमा श्रृष्टी चलाएका थिए ।
ढकालहरु भारतबाट नेपाल आए कि नेपालबाट भारत गए ?
ढकालहरु भारतबाट आएका हैनन् । तत्कालिन अवस्थामा वशिष्ठ विद्धान र ज्ञानी थिए । पाणिनी अथवा देवनागरिक लिपीबाट वेदको सातौँ मण्डल अग्निपुराण, विष्णुपुराण, योगवशिष्ठ जस्ता ग्रन्थ रचयिता गुरु वशिष्ठलाई बह्माजिको आदेश बमोजिम र सूर्य (रघु) वंशको ऋत्विक बन्न र पाणिनी लिपि भाषा सिकाउन, अग्नि र वरुणसँग मिलि श्रृष्टि चलाइराख्न पर्ने थियो । वशिष्ट अयोध्या(अवध) राज्य मा झरे अवध राजाको १० पुस्तासम्म उनी राज गुरु बने । वशिष्ठ हालको मिथिला वरिपरि पुरोहित गर्दथे भन्ने कुरा पहिले नै आइसकेको छ ।

अयोध्याका राजा दशरथ धेरै घोडा चढेर यूद्ध गर्दथे । उनी नपुसक बने उनले आफूलाई सन्तान नभएकोमा गुरु वशिष्ठलाई सोधे गुरु वशिष्ठले आफू आर्युवेद विधामा निपूर्ण नभएको र ऋषि श्रृगिंले मात्र यो काम गर्न सक्ने बताएपछि राजा स्वयं श्रृगिंलाई भेट्न हिमालय पर्वत हालको गुल्मी(धौलागिरि हिमालको नजिक) आए कालिगण्डकीको तिरैतिर, श्रृगिं आफू जान तैयार भए यज्ञ लामो समय सम्म चल्ने र यजमान सात्वीक बन्न पर्ने कुरामा जोड दिए श्रृगिंले हिमाली जडिबुटी लिएर अयोध्या गए लामो समय अनुष्ठान चल्यो दैनिकी गाईको दुधमा हिमाली वुटी पकाएर (यर्शागुम्बा जस्ता) वर्षौ खुवाइयो राजा पुंसक बने रानीहरु पनि उर्वर बने । ऋषि हिमालय फर्के । दशरथलाई ४ भाई छोरा जन्मे, नाम न्वारन बर्तबन्ध भयो । अब राजकुमारहरुलाई यूद्ध कला सिक्नपर्ने भयो । त्यसको लागि पूर्व विश्वरथ राजा हालको महर्षि विश्वामित्रलाई वशिष्ठले सिफारिस गरे । राम लक्ष्मणका गुरु विश्वामित्र बने, दशरथको मृत्युपछि वशिष्ठ हिमालमा फर्के र तपस्यामा लिन भए। व्शिष्ठ हालको देवघाट वशिष्ठ गुफामा फर्के ।

यसबाट भन्न सकिन्छ कि वशिष्ठ र श्रृगीं ऋषि र उनका सन्तान पहाडी नै हुन ।
वशिष्ठको आश्रम देवघाट तनहुँमा पर्दछ । त्यसैगरी महर्षि व्यासको आश्रम पनि तनहुँमा छ । बाल्मिकि आश्रम नारायणि र राप्ति खोलाको बिच जङ्गलमा छ ।
पुलस्य ऋषिको आश्रम हालको म्याग्दी जिल्लाको गलेश्वर नजिक पर्दछ । त्यहाँ पुलस्यको औषधी पकाउने बनाउने भट्टी देखिन्छ । पुलस्यको र वशिष्ठ मिलेर पहिलो पटक विष्णु पुराण लेखेका थिए । व्यासले १८ पुराण लेखे यसबाट भन्न सकिन्छ कि यिनी ऋषिहरुका सन्तती भारतीय वगांली, कन्ना ,कुबज कहीबाट आएका हैनन उनीहरु नेपाली नै थिए । हिमालय पर्वत माहाभारत पर्वत र शिवालिका पर्वत (चुरे पर्वत ) मा नै ऋषिहरुको पहिलो श्रृष्टि चलेको थियो ।

पृथ्वीमा रहेका होचा स्थानहरुमा क्रमश पानीले छोड्दै गएपछि अग्लो ठाउँबाट होचो ठाउँतिर मानिसहरु सर्दै गए , घरजम गरे श्रृष्टि बढाए । जब उनीहरुलाई धार्मिक, दैविक, राजनिति (दण्डनिति) का कारण अपठ्यारो पर्यो । धर्म बचाउन श्रृष्टि चलाइराख्न उनीहरु आफन्त भएका ठाउँमा फर्केर आए । यहिँ सिद्धान्त ढकालहरुमा पनि लागु भएको देखिन्छ ।

पश्चिममा समुन्द्र पूर्वमा समुन्द्र उत्तरमा हिमाल दक्षिणमा समुन्द्र सम्म विशाल राज्य निमार्ण भै दुष्यन्तका छोरा भरतले राज्य गरे । त्यतिबेला अहिलेको नेपाल लगायत दक्षिण एशियाकै भूमिलाई जोडेर विशाल राज्य भएको इतिहास भेटिन्छ । संकल्प तथा कुनै पनि कर्म यज्ञ गर्दा गरिने संकल्पमा जनाइने ठेगानामा भारत वर्ष हिमवत खण्ड ने मुनिद्धरा पालित खण्ड आर्पवत क्षेत्र भनिनाले पनि यो पहाडी भुभाग हामी आर्यहरु बस्दै आएको भूमि हो । हामी अन्यत्रबाट आएका छैनौँ यहाँबाट भारत, भुटान, वर्मा गएको भनि पक्का हो । भारत वर्ष टुक्रिएर राज्य निर्माण हुदाँ कोही नेपाली भए । कोही भुटानी, कोही भारती ।
अतः ढकालका पूर्खाहरु भारत र बङ्गलादेशबाट नेपाल आएका होइनन्। उनीहरुको उद्गम स्थल हालको नेपाली भूमि नै हो । त्यसैले ने मुनि द्धारा पालित पनि भन्ने गरिन्छ । प्राचिन इतिहास अध्ययन नगरि उत्तर प्राचिन इतिहास अध्ययन गरि हामी अन्य ठाउँबाट (भारत, बङ्गलादेश) आएको हो भनि लेख्दा बोल्दा आफ्नो पैताला मुनिको धर्ति भासिन गई ढकालहरुको राष्ट्रियतामा सङ्कट आउछ ।

ढकालहरु कसरी छरिन पुगे ।

हालको कर्णाली प्रदेश राजधानी रहेर परापुर्व कालमा धेरै लामो समयसम्म खस राज्य चलिरह्यो । बालकृष्ण पोख्रेरलको खसहरुको खोजी भने किताबमा खस साम्राज्य भएको बयान छ । त्यसै गरि सरदार भिम बहादुर पाण्डेको त्यस बखतको नेपाल भाग १,२ र ३ मा पनि खस राज्यको साना तिना टीपोट भेटिन्छ । अरु धेरै इतिहासकारबाट इस्वीसंवत शुरु हुनु भन्दा १५०० वर्ष पहिले खस राज्यका राजकुमारले पाँच पाण्डवहरुको लडाईमा भाग लिएको कुरा भेटिन्छ । तसर्थ हाल भारतको उत्तराखण्ड नेपालको पुरै भाग र दार्जलिङ सिक्कीम सम्म खस राज्य रहेको इतिहासकार बताउँदछन् । खस आर्यले नै पहाडी भुभागमा गरा बनाई खेति गर्न शुरु गरेको तथ्य बालकृष्ण पोखरेलको खसहरुको इतिहास भन्ने पुस्तकमा छ । उक्त खस राज्यको धर्म शिव धर्म रहेको इतिहासमा भेटिन्छ ।

वेदमा रहेका शिवजीको मन्त्र पढ्ने शिवजीको पूजा गर्ने, घण्टी बजाउने, डमरु बजाउने, शिबपूजा कलामा निपूर्ण उपमन्यू गोत्रिय शाखाहरु शिव धर्मको प्रचारमा लागे, शिवको चेला भएको कारण शिव धुनि जगाउने, विभुती(खरानी) घस्ने त्रिपुण्ड लगाउने रुद्राक्षको माला लगाउने हिमाली जडिबुटि ओैषधीको रुपमा रोगीलाई औषधि दिने झारफुक गर्ने झारफुक गर्दा मन्त्र पढ्ने डमरु बजाउने टाउको हल्लाउने कार्यपनि गर्दै गए प्राचिन कालमा यो विधि सशक्त र प्रभावकारी थियो । यो विधि अपनाएका उपमन्यु सन्तान शाखाहरु सजिलै सँग विभिन्न वस्तीहरुमा स्थापित भए ।
वस्ती र जनसंख्या बढ्दै गए पछि र केन्द्र शासन कमजोर बनेपछि नयाँ नयाँ रजौटाहरु स्थापित हुन लागे गण राज्यहरु स्थापना भए त्यहाँका भुपति तथा गण नायकहरुको दरवारमा सहयोग गर्ने सरसल्लाहा दिने मन्दिरमा पूजा गर्ने गराउने औषधी मूलो गर्ने कार्यको जिम्मा पाए त्यही कामको जिम्मेवारीबाट पद पदबाट थर बन्न गए ।

राज्य सञ्चालनको तौर तरिका सिकाउने (बाटो देखाउने ) सरसल्लाहा दिनेहरु पन्थ ÷पन्त बने÷कर लिने कार्यमा नियुक्त हुनेहरु ÷ओली÷वली बने ÷पाठ गर्नेहरु पाठक बने, पूजा गर्दा मन्त्र भट्टाउने भट्ट बने पूजा गर्दा डमरु(ढक्का) बजाउनेका शाखा ढकाल बने । उनीहरुको पूजा सात्वीक थियो ।

शैव सम्प्रादपबाट शाक्तय सम्प्रादाय जन्मिन पुग्यो (शिव पूजा गर्दा पार्वती, गौरी, कालिका मालिका भूमे पूजा गर्न पर्छ भन्ने सम्प्रदाय जन्मदा तिनीहरुको पूजा गर्न गराउने अभिभारा पनि उपमन्युका सन्तानहरुलाई ढकालहरुलाई पनि प्राप्त भयो उनीहरुले वलि दिने चलन चलाए । त्यहीँ परम्परा बन्यो ।

वली दिने ढकाल ।वली नदिने ढकाल ।

ढकाल, पाडेँ, पाठक, पन्तका छोराहरु खस साम्राज्यका सैनिक, पुजेरी,भान्छे,भरिया,वैद्य बने । जहाँ जहाँ खस राज्य विस्तार भयो त्यहिँ पुगि देशको सेवा गरे जिवन वृत्तिका लागि वृताहरु पाए ।
जहाँ जहाँ पुराना शिव र देवीका मठ मन्दिर छन् । त्यसको वरिपरि ढकाल, भट्ट, पन्त÷पन्थ भेटिन्छन् । यसरी शिव धर्म र शाक्तय सम्प्रदाय जहाँ जहाँ पुग्यो त्यहीँ त्यहीँ ढकालहरु पुगे ।

खस राज्यको विस्तारमा खस राज्यका ब्राह्मण पुरोहित दरबारका सल्लाहाकार, सैनिक(उमारा) ढकाल अमात्य, पाण्डे ओझा पाठक पन्त जैँसी (जोतिष) पण्डित, तान्त्रीक वैद्य सबैलाई बढी जिम्मेवारी थियो । कोही सैनिकहरु भर्ति भए । उनीहरुले सामदाम दण्ड भेद अपनाएर राज्य विस्तार गर्दथे । जहाँ जहाँ राज्य विस्तार हुदैँ गयो त्यहाँ त्यहाँको जमिन वृत्तिका लागि उनीहरुलाई विर्ता दिइयो सो जमिनमा त्यहीँ पुरोहित पाठक पूजारीका सन्तान भरिए र आफ्नो परम्परा कायम गरे ।

विशेषत ११ औँ शताब्दी सम्म खस राज शक्तिमा थियो । त्यहीँ खस राज विस्तार सँगै ढकालहरु श्याङजा सम्म आइपुगे । सिंजा उपत्यकाबाट सबै जातका खस आर्य र मगर गुरुङ समेत त्यहाँ ठुलोसंख्यामा आएर बसोबास गरेकाले सिंजाली उपनाम दिइयो । त्यहीँ स्थान २०२७ सालमा श्यांजा जिल्ला बन्यो । त्यसबेला सिंजाबाट आएका मगर सैनिकहरुलाई अझैँ पनि सिंजाली मगर र सिंजापति मगर भनिन्छ । त्यहीँ खसराज्य विस्तार हुदैँ पूर्वमा दार्जलिङ सिक्कीम सम्म पुगेको थियो । कामरुप देखि कामाख्या सम्म भारतको आसाम देखि दिल्ली(मगध) सम्म खसराज्य(नेपाल) फैलिएको थियो ।

मष्टो र ढकाल

प्राचिन कालमा खस राज्यमा मष्टो देवताको पूजा गरिन्थ्यो । मष्टो खस आर्यहरुका प्राचिन देवता हुन । किवदन्ती अनुसार मष्टोका ९ वटी छोरी कालिका,महिमा, भुमे, गौरी लगायतका छोरीहरु भगवान शिवसँग विवाह भएको थियो । शिवका भक्तहरुले आफ्ना इष्टदेव पूजा गर्दा इष्ट देवका पत्नी (शक्तिहरु) को पनि पूजा गर्दथे । हाम्रो वैदिक सनातन धर्ममा ससुरालाई गुरु वा पिताका रुपमा मानिन्छ । तसर्थ इष्ट देवका पिता महाइष्ट देव हुने नै भए । त्यसकारण कहीँ कहीँ ढकालहरुले कुल पूजा गर्दा मष्टो लाई पनि पुजा गरेको हुनुपर्दछ ।
मष्टो जाडोको देवता अथवा न्यानो पार्ने शक्ती मानिन्छ । कैलासका वरिपरि अथवा खसान क्षेत्र (खस राज्य) मा ठण्डी थियो । त्यसैले उनीहरुले सूर्य देवताको आराधाना गरे । गायत्री पढें जल चढाए श्रृष्टी बचाई राख्न सूर्यलाई अनुरोध गरे । पूजा गरे यो परम्परा बन्यो । सूर्यको प्रतिक ढुङ्गामा कुदे आकार बनाए । उनी मष्टो बने । चलन चल्तीमा जम्मा बाह्र मष्टो छन् भन्नाले सूर्य १२ महिनामा १२ वटा कला देखाउने हुदाँ बाह्र मष्टो भनेको हुनुपर्दछ । ढकालहरु सूर्य देवताका उपासक हुने हुदाँ मष्टोको पनि पूजा गरेको हुनुपर्दछ ।

कहि कहि मष्टोलाई वराहा मष्टो भन्ने गरिन्छ । वैदिक सनातन धर्ममा वराहा भन्नाले भगवान विष्णुको १० अवतार मध्ये एक अवतार वराहा मानिन्छ । वैदिक सनातनीहरु विशेषत पृथ्वी जल अग्नी वायु आकास सूर्य, वनस्पतिको पुजा गर्ने गर्दछ । सूर्यका उपासक सम्प्रदायमा पछिल्लो समयमा बढ्दो वैष्णव साम्प्रदाय र मष्टो सम्प्रदाय एकता भइ बाह्र मष्टोबाट वराहा मष्टो गराएको पनि हुन सक्छ । र सूर्यका उपासकहरुलाई वैष्वण सम्प्रदायमा एकिकृत गरेको पनि हुन सक्छ ।

जहाँ शिवको पूजा हुन्छ त्यहाँ विष्णुको पनि स्थापना र पूजा हुन्छ । जहाँ विष्णुको पूजा आराधाना हुन्छ त्यहाँ शिवको स्थापना अनिवार्य छ । त्यसैले विष्णुको पूजागर्दा वराहा मष्टो समेत हाम्रा ढकालहरुका पूज्य देवता भएका हुनुपर्दछ ।

मष्टोका १२ रुप मध्ये दुधेमष्टो र दारेमष्टो ढकालहरुले पूजा गर्ने चलन पाइएको छ । शिवका भक्तका सन्तान तथा शाखाहरुले कुल पूजा गर्दा शिवको पूजा गर्नु र शिवका पूजामा पञ्चमृत÷दुध प्राप्त गर्न सकिने गाईलाई दुधे मष्टो पनि भनेको हुन सक्छ । त्यसैले ढकालहरुले कुलपूजा गर्दाको दिन गाईगोठमा गाईको पूजा र गोठका देवताको गोठ देओली भनि पूजा गर्दछन् । कुलपूजामा गोठको र गाईको पूजा गर्नु मष्टोको पूजा गरेको परमपरा हुन सक्दछ ।
दारेमष्टो पुजा गर्ने ढकालहरु र बलि दिने ढकालहरुले शिवका साथसाथै देवीको आराधाना गर्दा बलि दिने परम्परा सुरु गरेको हुन सक्छ ।

ब्राहमण

ब्राहमण एउटा वर्ण विशेषको नाम हो । जसलाई पुरोहितका रुपमा लिने गरिन्छ । यज्ञ र पुरोहित्याई गर्ने व्यक्तिलाई हाल बा्रहमण भनिन्छ ।
ऋगवेदमा ब्राहमणलाई वेदका पालक र परामात्माका ज्ञाताका रुपमा चर्चा गरिएको छ । तिनलाई दान लिने र दिने वर्गका रुपमा पनि लिइएको छ ।
नेपालमा ब्राहमणहरु कुमायु बा्रहमण , उपाध्याय बा्रहमण जैसी, बा्रहमणका रुपमा र तराईमा मैथिली ब्राहमणको रुपमा छन् ।
–खतिवडा नेपाली संस्कृत विश्वकोष

ब्राहमणक्षेत्री–

नेपालको विभिन्न साँस्कृतिक समुदायहरु मध्ये सबै भन्दा ठुलो समुह बा्रहमण क्षेत्रीहरुको छ । नेपालको इतिहासमा खासगरि क्षेत्रीहरुले सासन गर्ने र बा्रहमणहरु उच्च आहोदामा रहेर काम गर्ने गरेको देखिन्छ ।
– प्रा.डा खतिवडा नेपाली संस्कृत विश्वकोष

ढकाल भित्र हालसम्म तल लेखिएका उपाधिहरु निम्न छन् ः

उपाध्याय, जैसी ब्राहमणक्षेत्री–जसका साथमा आएर विद्या अध्यापन गरिन्छ त्यसलाई उपाध्याय भनिन्छ । यस अर्थमा अध्यापक वा वेद पाठकलाई उपाध्याय भनिएको हो । तर परम्परागत रुपमा ब्राहमणहरुले वेद र धर्मशास्त्र अध्यापन गराउने हुनाले नेपालमा ब्राहमणहरुलाई उपाध्याय भनिएको हो ।
प्रा.डा. सोमप्रसाद खतिवडा नेपाली संस्कृति विश्वकोषबाट सामान्यतया जिविकाको लागि जसले वेदको केही भाग वा अंशको अध्यायन गराउँछ त्यसलाई उपाध्याय भनेको देखिन्छ । (पाण्डेय १९८८ः १२३)(नेपाली संस्कृति विश्वकोषबाट यहाँ सरोट)
कर्मकाण्ड गर्ने उपाध्याय र ज्योतिष हेर्ने जैसी ब्राहमण २ भागमा विभाजन भएको देखिन्छ । (खतिवडा र दाहाल २०६७ः२४४)

सप्तऋषि र उपमन्यु

मरीचि, अत्रि, अङ्गिरा, पुलस्तय, पुलह क्रतु र वशिष्ठ सप्तऋषि भएकोले उपमन्यु सप्तऋषिमा परेनन् ।

वशिष्ठगुफा

संस्कृत साहित्यमा पाइने विवरण अनुसार वशिष्ठ एक जना वैदिक ऋषि थिए । ऋगवेदको एउटा ऋचा(सातौँ मण्डल ७÷१८÷७) वशिष्ठले नै रचना गरेको मानिन्छ । पुराणहरुमा वशिष्ठको प्रतिद्धन्दिता विश्वामित्रसँग भएको कथा पाइन्छ । देवघाटको तनहुँतिरको केही माथि भागमा एउटा सुन्दर गुफा छ । त्यहाँ बसेर वशिष्ठले तपस्या गरेका थिए । त्यहीँ गुफामा रामलक्ष्मणलाई उपदेश दिएका थिए । (तिमील्सीना २०६४ः९७)

कुल पुजा

ढकालहरुले गर्दै आएका कुल पुजाको विधिविधानमा एकरुपता पाइदैन् । हाल चलन चल्तीमा रहेका पुजा विधि निम्न छनः

– पाठाको बली दिने
– खिर रोटि र दुधको धारा दिने
–रुद्रि गर्ने खिर रोटि पकाउने
–शिवजीको पुजा गर्ने मौलौमा बलि दिने बिचमा पर्दा राख्ने
कुल पुजाको दिन– कुल पुजाको दिनमा पनि ढकालहरुमा विविधता पाइन्छ ।

हालसम्म ढकालहरुले कुल पुजा गर्ने गरेका तिथि तथा दिनहरु निम्न छन्ः

–वैशाखको चण्डी पूर्णिमा(बुद्ध पूर्णिमा)
–जेठको गैडो पूर्णिमा(मष्टो पूर्णिमा)
–असारको गुरु पूर्णिमा(व्यास)
–श्रावणको नाग पञ्चिमि
–श्रावणमा रुद्रि जुर्ने तिथि
–मसिंरको धान्ने पूर्णिमा

कुल पुजाको स्थान–

ढकालहरुको कुल पुजाको स्थानमा पनि विविधता पाइन्छ ।
–शिवजिको मन्दिरमा
–खुल्ला चउर बारिको पाटा रुखको फेद
–घरको आँगनमा(घुमिफिरि प्रत्येक वर्ष फरक दाजुभाईको आँगनमा पालैपालो)

निष्र्कष

कुल पुजा धेरै पहिले देखि चलि आएको चलन हो । कुल पुजा गर्दा तिन वटा पक्षलाई ध्यानमा राख्न जरुरत छ ।

–इष्ट देवता

–वशं परम्परा चलाउने पूर्वज
–पुजा स्थापना गर्दा अन्य देवि देवताहरुको पूजन ।

इष्ट देवता भन्नाले यहाँ शिव , वशं परम्परा चलाउने भन्नाले उपमन्यु ऋषि भन्दा अगाडि पछाडिका वशंज अन्य देवि देवता भन्नाले स्थान विशेषमा गरिने पुजा शिवको पुजा गर्दा माता पार्वति थापना गर्नु पर्ने शिवको पुजा गर्दा लक्ष्मि नारायण गणेश आदि ।

अतः हाम्रो जिजु उपमन्यु ऋषिले कुल पुजा गर्दा कसको पुजा गरे होलान् यहिँ कुराको निर्णय लिन सकेमा कुल पुजाको विवाद समाप्त हुनेछ ।

वंश वृक्ष

ढकालहरुको वंश वृक्षको हागाँ शाखा नेपाल ,भारत, भुटान, बर्मामा फैलिएको छ यसलाई एउटा मुल थलो पत्ता लगाई शाखाहरु जोड्न आवश्यक छ । जोडिने क्रममा प्रत्येक ३० वर्षमा एउटा नयाँ पुस्ता आउछ भन्ने मान्यता राखि आवश्यक परे अज्ञात पुस्ताको नामाकरण गर्नुपर्ने हुन्छ । भगवान श्रीकृष्णको आगमनको समयलाई उपमन्यु ऋषिको सुन्ने समय मानेर पुस्ता निर्धारण गर्नुपर्छ । हाल रहेका वंश वृक्षका शाखाहरुलाई त्यहिँ आधारले नम्बरिङ गर्नुपर्छ । यसो गर्दा वंश वृक्ष तयार हुने आधार देखिन्छ ।

इति २०७९ श्रावण २६ देखि २८ देवघाट

प्रस्तुत कर्ता खोमराज ढकाल ,

केन्द्रिय सदस्य नेपाल ढकाल समाज प्रतिष्ठान (रुपन्देही)

कम्प्युटर सहयोग ः कुस्माकर ढकाल (कृष्ण)

नवलपरासी

विक्कीपिडयामा देखाउने ढकालको ईतिहाँस र नवलपरासी सुनवलको रमापुर र रुपन्देहीको घोडाहामा गुल्मिको कोरेङ्का ढकालहरुको कुलपुजाको दुश्य यस्तो छ ।

गुल्मिको कोरेङ् थाकथलो भएका चाउरेबाजेका सन्तानहरुको बंशावली यस्तो छ । तयारकर्ता कुस्माकर ढकाल (कृष्ण) @गुल्मिका ढकालहरु ज्वाङ्वाट आएको अग्रजहरुको कथन छ

 

Leave A Reply

Your email address will not be published.