Jado Notish Bardaghat

पाँचौं बर्दघाट कृषि ,पर्यटन तथा औधोगिक ब्यापार मेला शुरु

0 88

कृष्ण ढकाल
बर्दघाट,फागुन–१३

पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रवार देखी पाँचौं बर्दघाट कृषि ,पर्यटन तथा औधोगिक ब्यापार मेला शुरु भएको छ । मेलाको लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले समुद्घाटन गर्नु भएको छ ।

मेला उद्घाटन गर्दै प्रदेश सभा सदस्य अधिकारीले मेलाले स्थानिय धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने कार्यमा महत्वपूर्ण रहने बताउनु भएको थियो । उहांले बर्दघाट उद्योग बाणिज्य संघले प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढेको भन्दै खुसी समेत ब्यक्त गर्नुभएको थियो । त्यसैगरी बयापारी ब्यबसायीहरुको पक्षमा मात्र नभएर विभिन्न सामाजीक क्षेत्रमा पनि एदोगसंघ रचनात्मक काम गर्दै अगाडि बढेको बताउनु भयो । मेलामा स्थानिय उत्पादीत बस्तुहरु र आयतीत नया वस्तुहरुका वारेमा सबैले जानकारी पाउन सहजता सृजना हुने भएकाले मेला आफैमा महत्वपूर्ण रहेको धारण राख्नु भएको थियो ।
प्रदेश सरकारले पनि कृषि र पर्यटनलाई नै समृद्धिको प्रमुख आधार मानेर अघि बढेको बताउदै प्रदेश सरकारले कृषि र पर्यटनको क्षेत्रमा सहयोग गर्ने बताउनु भएको थियो ।

बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता उपाध्यक्ष राजु पाण्डेको स्वागत मन्तब्य , महासचिव दिनेश न्यौपानेको संचालन र लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग बाणिज्य महासंघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा,बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्याल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

‘कला, संस्कृति, उद्योग र व्यापार ः समृद्ध बर्दघाटको बलियो आधार’ भन्ने मुल नारासहित शुरु भएको उक्त मेला फागुन २५ गते सम्म संचालन हुने छ । बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट –४ हरियाली नगरको बर्दघाट मण्डपमा संचालन भएको मेलामा मेला अवधिभर दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने लक्ष्य लिईएको आयोजक संस्थाका अध्यक्ष लेखनाथ न्यौपानेले बताउनु भएको छ।

मेला स्थलमा स्वदेशी र विदेशी गरी २ सय बढी स्टल रहेका छन भने कृषि र महिला उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइएको र संघमा आवद्ध उद्योगी व्यवसायीलाई स्टल भांडामा ५० प्रतिशत छुट गरिएको आयोजकले जनाएको छ ।

मेलामा कला संस्कृति,परम्पराको संरक्षण गर्ने उद्देश्यले मगर, थारु, नेवार लगायतका जातिका परम्परागत घर र खानाका परिकारहरू पनि राखिएको छ ।

मेला अवधिभर दर्शकलाई मनोरन्जन दिलाउन लोक दोहोरी, आधुनिक र हाँस्य विधाका राष्ट्रिय र स्थानीय गरी ८५ जना भन्दा बढी चर्चित कलाकारहरूको प्रस्तुतिसँगै बर्दघाट डान्स आइडल र टिकटक प्रतियोगिता आकर्षणको रुपमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.