Sarawal sit lahar Notis

पर्यटकिय स्थलहरुको प्रबर्धनका लागी नगरले विशेष महत्व दिएको छ ः उप–प्रमुख पौडेल

0 77

रामु भुषाल
बर्दघाट,असार–२०
नेपाल पर्यटन पत्रकार महासंघ नेफटोन लुम्बिनी प्रदेशको आयोजना एवं उद्योग बाणिज्य तथा उपभोक्ता हित सरंक्षण निर्देशनालय भैरहवाको आर्थिक सहयोगमा बृहत्तर लम्बिनी पर्यटन प्रबद्र्धनमा सञ्चारको भुमिका विषयक अन्र्तकृया कार्यक्रम शनिबार नवलपरासीको बर्दघाटमा सम्पन्न भएको छ ।
महासंघका प्रदेश अध्यक्ष भुवन कार्कीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर उपप्रमुख माया देवी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले बर्दघाट नगरपालिकाले यस क्षेत्रका पर्यटकिय स्थलहरुको प्रबर्धनका लागी योजना बनाई विशेष महत्व दिएको बताउदै यस जिल्लामा बुद्ध संग सम्बन्धित धेरै नै पर्यटकिय स्थल रहेको हुदा लम्बिनी विकास कोष एवं बृहत्तर लुम्बिनी पर्यटन प्रबर्धन कोषले ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
उहाँले सो क्षेत्र प्रबर्धनका लागी सञ्चार क्षेत्र लगाएत सरोकारवालाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथि उद्योग बणिज्य तथा उपभोक्ता हित सरक्षण निर्देशनालय भैरहवाका निर्देशक यम बहादुर कुवरले कोभिडका कारण पर्यटन को विकासमा प्रभाव पारेको हुदाँ नेपाल सरकारको ३ वटै निकाय र अन्य संघ संस्थाहरु मिलेर पर्यटनको विकासमा होमिन सके नेपालमा पर्यटकिय स्थलबाट ठुलो आम्दानी लिन सकिने बताउदै यस निर्देशनालयले पर्यटन क्षेत्रमा विशेष चासो राख्दै प्रबर्धनका लागी प्रचार प्रसार गरिहेको बताउनुभयो ।
नेपाल पर्यटन महासंघका केन्द्रिय सस्दय मोहन पौडेलले नवलपरासीको पर्यटकिय क्षेत्र र बुद्ध संग सम्बन्धित स्थानहरुको वारेमा आफ्ना धारणा राख्नु भएको थियो ।

कार्यक्रममा वन वातावरण तथा बुद्धदर्शनका अनुसन्धान कर्ता एवं पत्रकार युवराज कंडेलले लुम्बिनीसंगै नवलपरासी जिल्लाका ऐतिहासिक ,धार्मिक तथा पर्यटकिय स्थलहरुका वारेमा आफुले खोज अनुसान्धान र अध्ययनका क्रममा पाएका विषय बस्तुहरुलाई समेटेर तयार पारेको कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

नवलपरासीका पत्रकार, सञ्चारकर्मी, लगाएत महासंघका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन महासंघका प्रदेश उपाध्यक्ष बिनि माधव बस्यालले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.