Jilla Ban Notis

नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको निर्वाचनमा दुई प्यानल विच प्रतिशप्रद्र्या हुदै ।

0 28

फुलकुमारी ढकाल
बर्दघाट,चैत्र–२४
नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको निर्वाचनमा दुई प्यानल विच प्रतिशप्रद्र्या हुने भएको छ । चैत्र २२ गते विहान ११ बजेदेखि सांझ ४ बजे सम्म भएको मनोनयनका क्रममा प्रेस युनियनवाट नै ४ जनाले अध्यक्ष पदका लागि आफ्नो मनोनयन दर्ता गराएका थिए । तर मनोनयन फिर्ता लिने क्रममा चैत्र २३ गते जान्हवी प्रसाद जोसी र वृजराज कुस्वाहले आफ्नो उमेद्वारी फिर्ता लिएपछि अहिले बर्तमान अध्यक्ष हरि शर्मा र पुरुषोत्तम सुवेदी विच अध्यक्ष पदका लागि कडा प्रतिस्पद्र्या हुने भएको छ ।

९० जना सदस्यहरु रहेको नेपाल पत्रकार महासंघ नवलपरासी शाखामा प्रेस युनियनको बाहुल्यता रहेपनि प्रेस चौतारी नेपाल निर्णायक शक्तिका रुपमा रहेको छ । अहिले चुनावी मैदानमा सुवेदी नेतृत्वले प्रेस युनियन सहित प्रेस संगठनको सहयोग लिएर प्यानल बनाई अघि बढेका छन भने हरि शर्माले प्रेस युनियनलाई लिएर निश्तिच पदका लागि मात्र प्यानल बनाएर अघि बढेका छन् । उता प्रेस चौतारी नेपालले पनि जन पत्रकार संघसंग मिलेर निश्चित पदका लागि चुनावी मैदानमा उत्रेको छ ।

यसरी चुनावी मैदानमा रहेका तिन छुट्टा छुट्टै प्यानलहरु मध्ये उमेदवारी फिर्ताका क्रममा हरि नेतृत्वको प्यानलले प्रेस चौतारी नेपालसंग सहकार्य गरी अघि बढेपछि अहिले संघको नेतृत्व फेरी पनि शर्मा कै पक्षमा आउन सक्ने संभावना बढेर गएको छ ।

अहिले उमेद्वारी दिनेहरु अधिकांश बर्तमान कार्यसमितिमा रहेकाहरु शर्मा नेतृत्वमा रहेको प्रेस युनियन र प्रेस चौतारी नेपालका रहेका छन् । बर्तमान कार्य समितिवाट अध्यक्ष हरि शर्मा,उपाध्यक्ष मालती न्यौपाने र सचिव राजकुमार रेश्मी लगाएतको टोली फेरी पनि एउटै प्यानलमा रहेर निर्वाचनमा होमिएका छन् ।

त्यसैगरी सुवेदी बर्तमान केन्द्रीय सदस्य रहेका छन् भने उनको नेतृत्वमा बढी नयां सदस्यहरु र क्रियाशिल कम रहेका पत्रकारहरु चुनावी मैदानमा उत्रीएको देखिएको छ।

अहिले नेपाल पत्रकार महासंघ नवलपरासी शाखाको चुनावी मैदानमा अध्यक्षमा हरि शर्मासंग पुरुषोत्तम सुवेदीले प्रतिश्पद्र्या गर्दै छन भने उपाध्यक्षमा अनिल कुमार यादव,उमाकान्त गिरी र ईन्द्र रेग्मीले प्रतिस्पद्र्या गर्दै छन् । त्यसैगरी महिला उपाध्यक्षमा मालती न्यौपाने र विष्णु खनाल विच प्रतिस्पद्र्या हुदै छ भने सचिवमा राकुमार रेशमी र सद्दाम हुसेन विच प्रतिस्पद्र्या हुदै छ । सह–सचिवमा जिवन न्यौपाने र रविन शर्मा चापागाई र कोषाध्यक्षमा प्रकाश नयौपाने र धनश्याम पोखरेल विच प्रतिस्पद्र्या हुदै छ ।

Leave A Reply

Your email address will not be published.