Jilla Ban Notis

नेपाल नेत्रज्योति संघ डा.विनोद निता कण्डेल आँखा अस्पतालको बार्षिक साधारण सभा सम्पन्न् ।

0 31

परासी,माघ–२१
नेपाल नेत्रज्योति संघ डा. विनोद निता कण्डेल आँखा अस्पतालको २० औ बार्षिक साधारण सभा सम्पन्न् भएको छ । नेपाल नेत्र ज्योती संघ परासी शाखा अध्यक्ष मन्जु कण्डेलको अध्यक्षता र प्रतिनिधी सभा सदस्य देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न् भएको हो । सो अवसरमा वोल्दै नेता कंडेलले रणअम्बिका आँखा अस्पताल भैरहवाले नेपाल नेत्र ज्योती संघ परासी शाखालाई ठूलो सहयोग गरेको बताउनु भएको थियो । त्यसैगरी आफुले पनि अस्पतालको सेवा बिस्तारका लागि आफ्नो सांसद विकास कोषबाट ५० लाख सहयोग गरेको जानकारी गराउनु भएको थियो ।
 कार्यक्रममा संघका सचिव संजय कुमार कर्णले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा प्रदेश नं. ५ का सांसद बैजनाथ जयसवाल, लुम्बिनी नेत्र विज्ञान प्रतिष्ठान तथा संघका प्रदेश नं. ५ का अध्यक्ष सागर प्रताप राणा, जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर राय लगाएतले सोअवसरमा आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.