Sarawal sit lahar Notis

नेकपा एमालेद्धारा नवलपरासीमा युवा परिचालन कमिटि गठन ।

0 132

कृष्ण ढकाल
नवलपरासी,कार्तिक–३
आगामी मंसीर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षीत गरी राष्ट्रिय युवा संघ नेपाल ,समाजवादी युवा संघ र जनता प्रगतिशिल युवा संगठन नवलपरासीले जिल्ला स्तरीय संयुक्त युवा परिचालन कमिटि गठन गरेको छ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा सार्वजनिक वित्त विभाग प्रमुख रमेश पौडेलको संयोजकत्वमा १५ सदस्य युवा परिचालन कमिटि गठन गरेको राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष राम बहादुर भण्डारीले बताउनु भएको छ । नवलपरासीमा तीन पार्टीहरु मिलेर चुनावी तालमेल गरेका कारण तीनवटै पार्टीका युवाहरुलाई समेटेर युवा परिचालन कमिटि निमार्ण गरीएको भण्डारीले बताउनु भयो ।

निर्वाचनका वेला हुन सक्ने संभावित झै–झगडा तथा आफ्ना नेता कार्यकर्ताहरुको सुरक्षालाई मध्य नजर गरेर जिल्ला स्तरीय युवा परिचालन कमिटि गठन गरीएको बताईएको छ । जस्को सदस्यरुमा पृतम पौडेल,युवराज डुम्रे,दामोदर पायडे,विश्वबन्धु पोखरेल,ईश्वर प्रसाद कोईराला,कुल चन्द्र भण्डारी,आशा भेजाड,राम बहादुर भण्डारी,ज्ञान प्रसाद पाठक,मोहन वि.क.बसन्त यादव,राजु यादव,मिथिलेस पासी र संजय चतुर्वेदी रहनु भएको छ ।

त्यसैगरी
निर्वाचन क्षेत्र नं. १ तर्फ राम बहादुर भण्डारीको संयोजकत्वमा ४ सदस्य युवा परिचालन कमिटि गठन भएको छ । जस्मा ज्ञान प्रसाद पाठक,धन प्रसाद भट्टराई र मिथिलेस पासी रहनु भएको छ ।

यता
निर्वाचन क्षेत्र नं. १ (क) तर्फ भने गंगाा पाठकको संयोजकत्वमा पाँच सदस्य युवा परिचालन कमिटि गठन भएको छ । जस्मा श्रीराम गौड,कृष्ण मोहन चौधरी,दान प्रसाद चापागाई र मिलन आचार्य रहनु भएको छ ।
उता
निर्वाचन क्षेत्र नं. १ (ख) तर्फ भने डिल्ली काफ्लेको संयोजकत्वमा तीन सदस्य युवा परिचालन कमिटि गठन भएको छ । जस्मा दान बहादुर चौधरी र संजय चतुर्वेदी रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.