Sarawal sit lahar Notis

नेकपा एकिकृत ससमाजवादी बर्दघाट–२ को वार्ड कमिटि अध्यक्षतामा भुजेल

0 72

कृष्ण ढकाल
बर्दघाट,चैत्र १२
नेकपा एकिकृत ससमाजवादीले बर्दघाट नगरपालीका वडा नं २ मा प्रेम बहादुर भुजेलको अध्यक्षतामा ५१ सदस्यीय वार्ड कमिटि गठन गरेको छ । जस्को उपाध्यक्षमा मोति कुमार श्रेष्ठ ,सचिबमा बिजया पौडेल र उप–सचिवमा करुण ज्ञवाली लाई चयन गरेको नगर कमिटिका संयोजक लोकेन्द्र पाण्डेले जानकारी दिनु भएको छ ।

नगर कमिटि संयोजक लोकेन्द्र पाण्डेको अध्यक्षता र केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज बृहस्पति अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम जील्ला अध्यक्ष यज्ञ प्रसाद खनाल , अनेम संघ नवलपरासीकी अध्यक्ष लक्ष्मी भुषाल लगाएतको उपस्थिती रहेको थियो ।

प्रेम बहादुर भुजेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य एवम वडा नं ३ का ईन्चार्ज बिष्णु बराल, जिल्ला सचिवालय सदस्य धनञ्जय पौडेल,अखिल महिला संघ नवलपरासीका अध्यक्ष लक्ष्मी भुषाल, जिल्ला अध्यक्ष यज्ञ खनाल, केन्द्रीय सदस्य एवम जिल्ला ईन्चार्ज बृहस्पती अधिकारी लगायतले आ– आफ्ना भनाईहरु राख्नु भएको थियो । भने कार्यक्रमको संचालन बर्दघाट नगर कमिटि सचिव शुशीला अधिकारी देवकोटाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.