Jilla Ban Notis

नेकपाको पार्टी कार्यालय परासीमा ताला खोलेर एमालेको बोर्ड राखियो ।

0 22

गौरीशकर जयसवाल
फागुन २४ परासी
सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसँगै प्रधानमन्त्री केपी ओली समूह नेकपा एमाले ब्यूँताउन लागिपरेको छ । पश्चिम नवलपरासीमा पनि नेकपाको साईनबोर्ड हटाएर नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्सवादी लेलिनवादी ९एमाले० जिल्ला कार्यसमिति लेखिएको बोर्ड राखिएको छ ।

पार्टी कार्यालयमा नेकपा भित्र खटपट भएर विभाजनको अवस्थामा पुगेपछि ओली समुहले तालाबन्दी गरेको थियो । पार्टी कार्यालय साविकको एमालेकै थियो, सम्मानीत सर्वोच्च अदालतको फैसला पछि अब पुरानै पार्टी व्युतिएकाले हामिले एमालेको बोर्ड राखेका हौ” ओली समुहका नेता दिपेन्द्र अधिकारीले बताए । ताला खोलेर बोर्ड राख्नु

अगाडी ओली पक्षिय युवाहरुले बर्दघाट देखि सुनवल हुदै परासी सम्म नेकपा एमालेको पक्षमा नाराबाजी गर्दे मोटरसाईकल र्याली निकालेका थिए ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई खेमामा विभाजित नेकपा आइतबार सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेकपासँग नाम मिलेको भन्दै खारेज हुने फैसला गरेको थियो। त्यसपछि ओली समुह उत्साहित देखिएको छ ।


तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले जेठ ३ गते पार्टी एकता घोषणा गरी निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको पार्टी दर्ता गरेका थिए ।

Leave A Reply

Your email address will not be published.