Jilla Ban Notis

नवलपरासी सुनचांदी ब्यवसायि संघ रामग्राम नगर कमिटद्धारा ५१ हजार आर्थिक सहयोग ।

0 26

गौरी शंकर जयसवाल
परासी,चैत–२७
रामग्राम नगरपालिकाले स्थापना गरेको राहत कोषमा नवलपरासी सुनचांदी ब्यवसायि संघ रामग्राम नगर कमिटीले ५१ हजार आर्थिक सहयोग गरेको छ । कोरोना भाईरसको संक्रमणवाट वच्नका लागी गरिएको लक डाउनका कारण रामग्राम नगरक्षेत्र भित्रका कुनै पनि गरीब ,अतिविपन्न तथा ज्यालामज्दुरी गरेर खाने घरपरिवारहरुका लागी राहत वितरणमा सहयोग पुगोस भन्ने हेतुले उक्त आर्थिक सहयोग गरेको संघका रामग्राम नगर कमीटी अध्यक्ष राजकुमार सुनारले गाउंले दर्पण अनलाईनलाई बताउनु भएको छ । त्यसैगरी सुनचांदी ब्यवसायि तथा समाज सेवी संन्दीप स्वर्णकारले आफ्नो ब्यक्तिगत तर्फवाट रामग्राम नगरपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा हुनेगरी १० हजार आर्थिक सहयोग गर्नु भएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.