Jilla Ban Notis

नवलपरासीमा फागुन १ गते देखि दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु ।

0 22

सुस्ता, फागुन १
नवलपरासीमा आज फागुन १ गते देखि दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय नवलपरासीको टोलीले पश्चिम नवलपरासीको सुस्ता बाट अभियानको शुभारम्भ गरेको छ ।  सुस्तामा गाँउपालीका अध्यक्ष रामप्रसाद पाण्डे , स्वास्थ्य कार्यालय नवलपरासीका जनस्वास्थ्य अधिकृत गौरव ढकाल सहित सरोकारवालाको उपस्थितिमा दादुरा रुबेला विरुद्धको खोप अभियान सुरु गरिएको थियो । स्वास्थ्य कार्यालयले साविकका गाविसका वडाहरुमा खोपकेन्द्र घोषणा गरेर कर्मचारी खटाएको छ । खोपकेन्द्रमा एक खोप कार्यकर्ता र दुई स्वास्थ्य स्वयमसेवक खटिएका छन् ।  दुई चरणमा विभाजन गरिएको खोप अभियान अन्र्तगत बिहिवार देखि फागुन ९ गते सम्म पहिलो चरण अन्र्तगत चार पालीकामा खोप अभियान शुरु भएको हो । बर्दघाट नगरपालीका, प्रतापपुर, सुस्ता र सरावलमा खोप अभियानको शुभारम्भ गरिएको छ । सबै खोप केन्द्रमा जनप्रतिनिधिको उपस्थितिमा खोप अभियान सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले जानकारी दिनुभयो । ९ महिना देखि ५ वर्ष मुनिका बालबालीकालाई नजिकको खोपकेन्द्रमा लगेर खोप लगाउन सकिने छ भने पाँच वर्ष मुनिका बालबालीकालाई पोलियो थोपा पनि खुवाईने छ ।  पहिलो चरण सकिएपछि फागुन १४ देखि २४ गते सम्म दोस्रो चरणमा सुनवल, रामग्राम र पाल्हीनन्दनमा खोप लगाईने छ । दादुरा रुबेला विरुद्धको खोप लगाउन सबै बालबालीकालाई नजिकको खोपकेन्द्रमा सम्र्पक गर्न पनि जनस्वास्थ्य कार्यालयले आग्रह गरेको छ । दादुरा रुबेला विशेष गरी पाँच वर्ष मुनिका बालबालीकामा लाग्ने अति छिटो सर्ने संक्रामक रोग हो । मानिस बाट मानिसमा हावाको माध्यमबाट सजिलै सर्ने यो रोगको सन् २०२३ भित्र निवारण गर्ने सरकारको लक्ष्य रहेको छ ।

Leave A Reply

Your email address will not be published.