Jilla Ban Notis

धार्मिक मेलमिलापको उत्कृष्ट नमुना,हिन्दू र मुस्लिमबीच भाइटीका

0 24

हरि ज्ञवाली
बुटवल मङ्सिर २

कट्टर मुस्लिम समुदायकी महिला कस्मिरा खातुन र हिन्दू समुदायको यादव महराबीच भाइटिका आदानप्रदान भएको छ ।  सोमबार भाइटिकाको अवसरमा नेपालगञ्ज उपमहानगपालिका–२ खरबारी टोलकी मुस्लिम समुदायकी कस्मिरा खातुनले कर्णाली प्रदेश तालिम केन्द्रमा कार्यरत हिन्दु समुदायका सई यादव महरालाई भाइटिका लगाइदिएर धार्मिक एकता र सद्भावको नमुना प्रदर्शन गरेकी छिन् ।
नेपाल मुस्लिम संगठनकी केन्द्रिय सदस्यसमेत रहेकी खातुनले आफूले भाइ भन्दै आएका महरालाई टीका लगाइदिएर औपचारिक रुपमै दिदीभाइको पवित्र सम्बन्धमा जोडिन् । खातुनले नेपालगञ्जस्थित आफ्नै घरमा सई महरालाई बोलाएर टिका आदानप्रदान गरेका हुन् ।


आडम्बरी धर्मभन्दा दिदी भाइको मानवीय नाता पवित्र र दिगो हुन्छ भन्ने तर्क दिने खातुन मानिस धार्मिक सम्प्रदायको संकुचित चिन्तनबाट माथि उठ्नुपर्ने बताउँछिन् । अर्घाखाँची जिल्लाको पालीमा जन्मेहुर्केकी कट्टर मुस्लिम समुदायकी खातुनले हिन्दू समुदायको व्यक्तिलाई भाइटिका लगाइदिँदा परिवारबाट कुनै विरोध नभएको बरु प्रशंसा पाएको बताउँछिन् ।

उता सई यादव महरा आफू हिन्दु परिवारमा हुर्के पनि मुस्लिम समुदायकी दिदीको ममता पाउँदा अत्यन्त गर्व र खुसी लागेको बताउँछन् । हाल नेपालगन्जमा उद्योग गर्दै आएकी ३९ वर्षीय खातुनका श्रीमान्, २ छोरा र १ छोरी छन् भने डोटी जिल्लामा जन्मेका र तालिम केन्द्रमा कार्यरत सई महराका श्रीमती, १ छोरा र १ छोरी रहेका छन् ।

न्यु लुम्बिनी गार्मेन्ट उद्योगकी प्रोप्राइटर खातुन नेपाल उद्योग संघ, बाँकेकी संयोजकसमेत हुन् । उनको उद्योगमा करिब ८० जनाले रोजगारी पाएका छन् । व्यापारकै सिलसिलामा चिनजान भएका उनीहरु विगत ३ वर्षदेखि दिदी भाइको नातामा रहेका थिए । खातुनले कर्णाली प्रदेश तालिम केन्द्रमा तयारी कपडा सप्लाई गर्छिन् । कस्मिरा खातुन नमुना उद्यमीका रुपमा पटकपटक सम्मानित भइसकेकी छिन् ।

Leave A Reply

Your email address will not be published.