Jilla Ban Notis

दृष्टिबिहीन बिद्यार्थीहरुलाई तिनसेट बिस्तारा सहयोग ।

0 37
गौरीशंकर जयसवाल
परासी , फागुन –२५
रामग्राम महिला जेसिजकी पूर्व अध्यक्ष रिङ्गला यादवले दृष्टिबिहीन बिद्यार्थीहरुलाई खाट बिस्तारा र ओछयान सहयोग गरेकी छिन । परासीमा रामग्राम महिला जेसीज परासीले  ११० औ अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा आयोजना गरेको न्यानो माया दृष्टिबिहीन कार्यक्रममा खाट ओछयान र तिनसेट बिस्तारा सहित दृष्टिबिहीन बिद्यार्थीहरुलाई सहयोग गरेकी हुन । परासीस्थित आर्दश माविमा अध्यरनत  रहेका दृष्टिबिहीन बिद्यार्थीहरुलाई अफनो व्यक्ति खर्चमा उक्त सहयोग गरेको यादवले जानकारी दिईन । महिला जेसीजकी अध्यक्ष रजनी ढकालको अध्यक्षता तथा रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो अवसरमा बोल्दै गुप्ताले यस्ता  सामाज सेबाले सामाजिक बिकासमा  रुपान्तरमा गर्न थप टेवा पुग्ने बताए । उनले  सामजको बिकास गर्न हामीसबै एक जुट भईएन भने समाज बिकास नहुने भएकोले राजनितीक स्वार्थ छोडेर सामाजिक बिकासको लागि सबै एक जुट हुन आवश्यक रहेको बताए । सामाज रुपान्तरमा महिलाहरुको उत्तिकै भूमिका रहेको भन्दै देश बिकास निमार्ण पनि नारीहरुको सक्रियाता महत्वपूर्ण रहेको नगरप्रमुख गुप्ताले बताएका थिए । गुप्ताले दृष्टिबिहीन बिद्यार्थीहरुलाई चाहिने आवश्यक भौतिक पूर्वाधार निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा रामग्राम जेसीजका अध्यक्ष सन्दीप अग्रहरी,उपभोक्ता संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली महिला जेसीजकी महासचिव अनिता तिवारी,कार्यकारी उपाध्यक्ष संगीता कुवँर सुमीत्रा चौधरी लगायतले बोल्दै  यस व्यक्ति सहयोगले पक्कै पनि दृष्टिबिहीन बिद्यार्थीहरुलाई मदत पुग्ने बिश्वास व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.