Sarawal sit lahar Notis

दाउन्ने देवि माबिको स्वर्णजयन्ती आरम्भ तथा अभिभावक दिवस समारोह सम्पन्न् ।

बिद्यालय ब्यवस्थापन समिति नहुंदा स्वर्ण जयन्ती मनाउनवाट बन्चीत

0 53

कृष्ण ढकाल
बर्दघाट,पौष–२५
बिगत २ बर्ष ेदेखि बिद्यालय ब्यवस्थापन समिति नहुंदा बर्दघाट–४ ,बर्दघाटको दाउन्ने देवि माबिले स्वर्ण जयन्ती मनाउनवाट बन्चीत भएको छ । २०२९ साल पौष २५ गते स्थापना भएको दाउन्ने माविमा अहिले बिद्यालय ब्यवस्थापन समिति नहुंदा विद्यालय संचालनमा समेत समस्या भएको भन्दै छिटो भन्दा छिटो विद्यालय ब्यवस्थापन समिति गठन गरिदिन सम्बन्धित सरोकारवालाहरुलाई प्र.अ.चिरन्जीबी खलानले विद्यालयको स्वर्ण जयन्ती आरम्भ तथा अभिभावक दिवस समारोहमा आग्रह गर्नु भएको थियो । ब्यवस्थापन समिति नभएकै कारण विद्यालयले आज देखि शुरु गरेको स्वर्ण जयन्ती आरम्भ कार्यक्रम अबको एक बर्ष भित्र आफ्नो अनुकुल परेको समयमा मनाउने जनाएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका पदेन सदस्य तथा बर्दघाट नगरपालिका वडा नम्वर–४ का वडाध्यक्ष्ँ रविन्द्र विक्रम हमालको अध्यक्षता र संविद्यान सभा सदस्य विक्रम खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले दाउन्ने माविमा अध्ययन गरेका विद्यार्थीहरु अहिले वडा,नगर ,प्रदेश र संघिय तहमा रहेर राज्य संचालनको जिम्मेवारी वहन गर्ने देखि राज्यका सरकारी उच्च स्तरमा रहेर कामगरी रहेको देख्दा आफु निक्कै हर्षित भएको बताउनु भएको थियो ।

सबैले पढेको आफ्नो विद्यालय बनाउनका लागि सबैले आ–आफ्नो क्षेत्रवाट राजनितिलाई अलग गरेर विद्यालय बनाउन र बिद्यालय ब्यवस्थापन समिति गठन गर्न लागिपर्नु पर्नेमा जोड दिनु भएको थियो ।

त्यसैगरी अर्की संविद्यान सभा सदस्य सिन्धु जलेसाले आफुले पढेको र आफ्ना बाबाले पढाएको विद्यालय भएकाले आफुले आफ्नो तर्फवाट गर्ने सक्ने सबै सहयोग गर्न आफु कटिबद्ध रहेको बताउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बिद्यालय ब्यवस्थापन समिति नहुंदा विद्यालय संचालनमा समस्या भएको महसुस भएको बताउनदै नगरपालिकाले आफ्नो तर्फवाट समस्याको समाधान गर्नतर्फ प्रयास जारी राख्ने बताउनु भएको थियो ।

शिक्षक बिनोद ज्ञवालीको संचालन रहेको स्वर्ण जयन्ती आरम्भ तथा अभिभावक दिवस समारोहमा बर्दघाट नगरपालिकाकी नगर उप–प्रमुख माया देवि पौडेल,शिक्षा ईकाई कार्यालय नवलपरासीका प्रमुख डोलराज पाण्डे,बर्दघाट नगरका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्य,शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख ईन्द्र बहादुर कुवंर लगाएतको उपस्थिती हरेको थियो ।

समारोहमा विभिन्न विद्यामा सफलता प्राप्तगर्ने विद्यार्थीहरुलाई पुस्कृत गरीएको थियो । त्यस्तै विद्यालयमा स्थापना भएका विभिन्न प्रकृतिका अक्षयकोषवाट प्राप्त वार्षिक रकमको छात्रवृती समेत वितरण गरिएको थियो ।

कार्यक्रममा प्र.अ.चिरन्जीबी खलानले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा यस आर्थिक वर्षमा ३ करोड ३१ लाख ४१ हजार ७ सय ५७ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत् गर्नु भएको थियो ।

जस्मा शिक्षक कर्मचारीको पारिश्रमीक १ करोड ५३ लाख ६० हजार ९ सय ६३ रुपैया खर्च भएको जनाईएको छ भने मसलन्द तथा कार्यालय सामाग्री खर्चमा १ लाख ५८ हजार ६ सय ७२ रुपैया,पानी तथा बिजुली खरिद खर्चमा १ लाख ३१ हजार ५ सय ४६ रुपैया,संचार मसुल खर्च ४१ हजार ६ सय ७५ रुपैया ,पुस्तक तथा सामाग्री खरीदमा ७ लाख ९५ हजार ७ सय ९७ रुपैया खर्च भएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

नवलपरासीको सोमनीका स्व. गणेश प्रसाद ठाकुर र बर्दघाटका स्व.त्रिवेणी प्रसाद प्रद्यानले २०२७ सालमा घरमा जम्मा गरेर पढाउन शुरु गरेसंगै २०२९ साल पौषवाट शुरु भएको दाउन्ने देवि विद्यालयमा अहिले १ हजार ६२ जना विद्यार्थीहरुले अध्ययन गरी रहेका छन । जस्मा २५ जना सरकारी शिक्ष्ँक दरबन्दी रहेका छन भने २६ जना निजि स्रोतका गरी ५१ जनाले अहिले दाउन्ने देवि माबिमा रोजगारी पाएका छन ।

Leave A Reply

Your email address will not be published.