Jilla Ban Notis

जिल्ल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा लिटिल एन्जल्स उच्च माविकी महक स्वर्णकार प्रथम ।

0 25

गौरीशंकर जयसवाल
परासी १३ मंसिर
पश्चिम नवलपरासीमा जिल्ल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । निजी तथा आवशीय बिद्यालय अर्गनाइजेशन नेपाल प्यासन नवलपरासीको आयोजनामा आज परासीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । जिल्लाका सात वटै स्थानिय तहका निजी बिद्यायलका बिद्यार्थीहरु बिचमा वक्तृत्वकला प्रतियोगिता भएको थियो । प्यासन नवलपरासीको जिल्ला अध्यक्ष ईन्द्र गुरुडको अध्यक्षता तथा प्रतिनिधी सभा सदस्य तथा पूर्ब गृहराज्य मन्त्री देबेन्द्रराज कंण्डेलको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न् भएको थियो । सो अवसरमा बोल्दै कंण्डेलले निजी बिद्यालयहरुलाई सरकारले हेर्न दुष्टिकोण सकरात्मक रुपमा हेनुपर्नेमा जोड दिदै सामुदायिक बिद्यलायहरुको तुलनामा निजी बिद्यालयहरुको भुमिका महत्वपुर्ण रहेको बताए । शिक्षाको स्तरमा सामुदायिक बिद्यलालय भन्दा निजी बिद्यलायहरुले अग्रह स्थानमा रहेको उनको भनाई थियो । उनले सामुदायिक बिद्यलायहरु झै निजी बिद्यलायहरुलाई पनि संस्थागत लैजान सरकारलाई सुझाव दिएका थिए । प्यासनका केन्द्रिय सल्लहकार सुमन गोपाल अचार्यले निजी स्कुल संचालन प्रक्रिया अन्योलमा रहेको निजी क्षेत्रबाट चलेका कृषि क्षेत्र उद्योग व्यापर चालिरहेको अवस्थामा निजी स्कुल आवश्यक छ की छैन बहस गनुपर्ने देखिएको बताए । उनले सरकारले ल्याएको शिक्षा निती निजी बिद्यालयहरुप्रति बिभेद गरेको बताए । कार्यक्रममा प्यासनका केन्द्रिय सदस्यद्धाय सुवर्ण न्यौपाने , याम बहादुर थापा,प्यापसनका बरिष्ठ उपाध्यक्ष राधेरमण पाण्डेय,उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी,रेडियो परासीका स्टेशन म्यानेजर बिकास शिक्षा समन्वय ईकाई परासीका प्रमुख डोलराज पाण्डे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
प्रतियोगितामा लिटिल एन्जल्स उच्च माविकि महक स्वर्णकार प्रथम, द स्पाईन सेकेन्डरी स्कुलका बादल पाण्डे दृतिय र मनकामना ईङ्गिलिस सेकेन्डरी स्कुलका सन्जना गुप्ता तृतिय भएका छन् भने आर्दश बोर्डिङ स्कुलकि सुरक्षा पाठकले सान्त्वना स्थान हासिल गर्न सफल भएको प्यासनका जनक अधिकारीले बताए । प्रतियोगितामा जिल्लामा सात वटै स्थानिय तहबाट छनौट भएर आएका निजी बिद्यालयका बिद्यार्थीहरुको ११ जना सहभागिता रहेको प्यासनका सचिव बेनिराम भुसालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.