Sarawal sit lahar Notis

जनकल्याण साकोसको ३१ औं साधारण सभा सम्पन्न

0 99

असोज –१३

जनकल्याण बचत तथा ऋण सहकारी सस्था लिमिटेडको ३१ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै संविधान सभा सदस्य बिक्रम खनालले सहकारीमार्फत नेपाल कै पुजी नेपालमा नै प्रयोग भइरहेको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” अहिले नेपालको पुजी यो वा त्यो नाउमा बाहिरीएको छ । नेपालको बिकास ग्रामीण क्षेत्रको बिकास हुनु जरुरी छ । ग्रामीण क्षेत्रको बिकास गर्ने सहकारीबाहेक अरु कुनै माध्याम छैन । अहिलेको राष्ट्रिय अर्थ तन्त्रको शिथिलता बाट बाहिर निस्किन सकिने बलियो आधार सहाकरी नै हो ।” नेपालका अर्थ तन्त्रमा सहकारीको महत्त्वपूर्ण योगदान रहेको बताउदै खनालले सहकारीले कुल ग्राहस्थ उत्पादन, रोजगारीको अवसर, पुजी निर्माण र परिचालन भइ रहेको खनालको भनाइ छ ।

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले शेयर सदस्यहरु बीच अन्तरकृया गरि समुदायमुखी हुनु जरुरी रहेको बताउनु भयो । उहाँ भन्नुहुन्छ -” सहकारीलाई शुसासन भित्र राखी समुदाय स्तरको जनअपेक्षा अनुसार काम गर्नु सके एक निर्बिकल्प सामाजिक सस्थाको रुपमा बिकास हुन्छ । सस्थाले प्रोबेशन ब्राण्ड छिट्टो भन्दा छिट्टो प्राप्त गरि सस्थालाइ स्तरिकरण बनाउनु पर्ने छ ।”

कार्यक्रममा बोल्दै बर्दघाट नगर प्रमुख एव सस्थापक अध्यक्ष शम्भुलाल श्रेष्ठले सस्था संचालन गरिरहदा सामाजिक उत्तरदायित्व के के मा बहन गर्‍यौं भनेर हेर्नुपर्ने बताउनु भयो । नगर प्रमुख श्रेष्ठले-” अहिलेको अवस्थामा सहकारीले देशको अर्थ तन्त्र धानेको छ । हिजो गाउँ गाउँ मा सहकारी घर घरमा भकारी भन्थे घर परिवारका सदस्य सबैलाई सहकारीमा जोड्न जोड्न सकिने दिन आयो ।” लगानी गरेका शेयर धनीलाई नाफा बढाएर दिन सके शेयर सदस्यमा सस्था प्रतीको बिश्वासमा बढ्ने बताउनु भयो ।

कार्यक्रममा बर्दघाट नगरपालिका०९ का वडा अध्यक्ष चन्द्र कान्त चापागाईं, निवर्तमान अध्यक्ष डिक बहादुर पाण्डे, सस्थापक सदस्य बालिन्द्र बिक्रम शाहीलगायतले बोल्दै जनकल्याण साकोस सदस्य सदस्यमुखी सदस्यलाई सेवा प्रदान गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सस्थाका कोषाध्यक्ष बामदेव अधिकारीले सस्थाको आर्थिक बर्ष २०७९/८० मा आर्थिक प्रतिबेदन सचिब चेत नारायण भण्डारीले प्रगति प्रतिबेदन, लेखा समिति सदस्य दधिराम पौडेलले लेखा सुपरिवेक्षण समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको छ । बिगतमा १ लाख रुपैयाको दुर्घटना बिमालाई अहिले ३ लाख बनाइएको गत आर्थिक बर्ष ७ करोड १२ लाख आम्दानी गरेको र ५ करोड ८५ लाख खर्च गर्दै १ करोड २६ लाख नाफा कमाएको र अहिले ५५ करोड ३९ लाखको वासलात प्रस्तुत गर्नु भयो ।

शेयर सदस्यहरुले राखेका जिज्ञासाको उत्तर दिदै अध्यक्ष कुल दिप आचार्यले वृद्धि निति, बचत निति , ऋण निति, शेयर सदस्य बन्न, बनेका शेयर सदस्यले सेयर रकम थप गर्न, नियमित बचत गरी सहयोग गर्न शेयर सदस्यलाई आग्रह गर्नु भयो । उहाँ भन्नुहुन्छ-” जनकल्याण सहकारी निति र बिधीमा संचालक रहेकाले शेयर सदस्यहरुलाई ढुक्क भएर कारोबार गर्नुहोस् ।”

कार्यक्रममा उत्कृष्ट शेयर खरिद कर्ता नारायण गिरि, उत्कृष्ट सुझाव कर्ता इन्दिरा गिरि, उत्कृष्ट कर्मचारी संगीता ज्ञावाली, उत्कृष्ट ऋणी राम प्रकाश पौडेल, उत्कृष्ट जेष्ठ नागरिक बचत कर्ता केदार महतोलाई सम्मान गरिएको छ । उपाध्यक्ष सम्झना शर्माको स्वागत रहेको कार्यक्रमको संचालक सचिब चेत नारायण भण्डारीले गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.