Jilla Ban Notis

चिसापानी सामुदायिक वन उ.समुहद्धारा सरावल गाउपालिकाको प्रकोप ब्यवस्थापन कोषमा सहयोग ।

0 15

कृष्ण ढकाल
बर्दघाट,असार–९
सरावल गाउपालिकाको प्रकोप ब्यवस्थापन कोषमा चिसापानी सामुदायिक वन उपभोक्ता समुहले तीस हजार सहयोग गरेको छ । सरावल गाउपालिका पनि चिसापानी सामुदायिक वन उपभोक्ता समुहको कार्यक्षेत्र भित्र रहेकाले समुहले कोषमा सहयोग गरेको समुहका अध्यक्ष होम बहादुर गुरुङ्गले बताउनु भएको छ । कोभिट–१९ का कारण आफ्नो कार्यक्षेत्र भित्रका कुनै पनि उपभोक्ताहरुलाई पर्ने समस्याको समाधान गर्नका लागी समुह आफै गएर सम्भव पनि नहुने र सरकारले नै एकद्धार प्रणाली मार्फत सहयोग गर्ने निति अघि सारेका कारण स्थानिय तहले स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोग गरेको समुहका सचिव अनिल गुरुङ्गले बताउनु भयो । यस अघि बर्दघाट नगरपालिकामा स्थापनागरीएको प्रकोप ब्यवस्थापन कोषमा समेत सहयोग गरेको बताउदै सरावलका लागि कार्य समितिका सदस्य कृष्ण जिवन तिवारी मार्फत रकम पठाएको बताउनु भयो। वन समुहको सहयोग रकमको चेक ग्रहण गर्दै गाउपालिकाका अध्यक्ष राधेश्याम चोधरीले वन समुहप्रति आभार ब्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.