Sarawal sit lahar Notis

ग्लोबल एकेडमीको वार्षिकोत्सव सम्पन्न

0 48

बर्दघाट,माघ–२४
ग्लोबल एकेडमी बर्दघाट– १०,पञ्चनगरको १५ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै निजी तथा आवाशिय अर्गनाइजेसन ९प्याब्सन० का केन्द्रीय सचिव सुवर्ण न्यौपानेले ग्लोबल एकेडमीका विद्यार्थीहरुको नतिजा अब्बल भएको बताउनु भयो । छोटो समयमा विद्यालय शैक्षिक ताराको रुपमा उदाउन सकेको भन्दै आगामी दिनका लागि थप प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्याब्सन नवलपरासी जिल्ला अध्यक्ष गुरुदत्त पौडेलले ग्लोबल एकेडमी अब्बल दर्जाको विद्यालय रहेको बताउनु भयो । नवलपरासीमा निजि विद्यालयले संस्कार सहितको शिक्षालाई सार्थकता दिनको लागि संस्कृति झल्किने प्रस्तुतीहरु पर्दशन गरिएको बताउनु भयो ।

यज्ञ प्रसाद खनालले १५ वर्षको अवधिमा विद्यालयले गुणात्मक फड्को मार्न सफल भएकोमा विद्यालयसँग सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । गुणस्तरीय शिक्षा नै ग्लोबल एकेडमीको पहिचान रहेको र त्यसलाई विद्यालयले निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुका विभिन्न सांस्कृतिक प्रस्तुतीहरु रहेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलापहरुमा विभिन्न स्थान हासिल गर्ने तथा अध्ययनमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरीएको थियो ।

विद्यालयका शिक्षक रमेश बस्यालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.