Jilla Ban Notis

खानेपानीको गुणस्तर तथा पानी परिक्षणका लागि मोवाईल भ्यान संचालन ,३ वर्ष भित्र सबैठाँउमा शुद्धपिऊने पानी ः सांसद अधिकारी

0 31

कृष्ण ढकाल
बर्दघाट,पौष–२४
खानेपानीको गुणस्तर तथा पानी परिक्षण मोवाईल भ्यान संचालन सम्विन्धि एक दिने अभिमुखिकरण तालीम बर्दघाटमा सम्पन्न् भएको छ । संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना बुटवल र खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न् भएको थियो।  खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीका अध्यक्ष राज कुमार श्रेष्ठको अध्यक्षता र प्रदेश सांसद दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न् भएको थियो । सोअवसरमा बोल्दै कार्यक्रमका प्रमुख आतिथि तथा सांसद अधिकारीले अबको तिन वर्षमा प्रदेश नं ५ का हरेक वस्तीका नागरीहरुले शुद्ध खानेपानी सर्वसुलभ तरीकाले पाउनेगरी उपलब्ध गराउने योजनाकासाथ प्रदेर सरकार लागि परेको बताउनु भएको थियो । त्यसैगरी बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालले नगरपालिकाका हरेर वस्तीहरुमा खानेपानी प्रर्याप्त मात्रामा उपलब्ध गराउन नगरपालिकाले लगानी गर्ने देखि पहल गर्ने काममा लागि परेको धारणा राख्नु भएको थियो ।  सोही कार्यक्रममा बोल्दै खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ प्रदेश नं. ५ का अध्यक्ष थान प्रसाद गैरेले खानेपानी उपलब्ध गराएर मात्र नहुने भन्दै खानेपानीको शुघताका वारेमा समेत जानकारी दिन जरुरी रहेकोमा जोड दिनु भएको थियो । कार्यक्रममा संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना बुटवलका प्रमुख सालीक राम पौडेलल,बर्दघाट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमालगाएतले कार्यक्रममा आ आफ्ना धारणा राख्नु भएको थियो कार्यक्रम बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सभाहलमा सम्पन्न् कार्यक्रममा नवलपरासी जिल्लाका सबै खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कर्मचारी तथा पदाद्यिकारीएवं पत्रकारहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना बुटवलका सिनियर डिभिजन ईन्जीनियर विनोद कुमार भुजेलले खानेपानीको गुणस्तर तथा पानी परिक्षण मोवाईल भ्यान सचालनका वारेमा सहजिकरण गर्नु भएको थियो । भने आयोजना प्रमुख सालीकराम पौडेलले पानी र त्यसको शुद्धताका वारेमा जानकारी दिनु भएको थियो ।
जिल्ला महासघका उपाध्यक्ष तारा सुनारको स्वागत मनतब्यवाट शुरु भएको कार्यक्रमको संचालन सचिव देविदत्त सापकोटाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.