Jilla Ban Notis

क्वारेन्टाइनहरुको अनुगमन गर्दै बर्दघाट नगर उप–प्रमुख पौडेल

0 40

बर्दघाट,जेठ–७
रवि पाण्डे
बर्दघाट नगरपालिकाबाट ब्यवस्थापन गरिएका वडास्तरीय क्वारेन्टाइन केन्द्रहरुको बुधवार अनुगमन गरिएको छ ।
नगर उपप्रमुख मायादेवी पौडेलको नेतृत्वमा नगरबाट ब्यवस्थापन गरिएका ४ वटा क्वारेन्टाइनको अनुगमन भएको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनु्भयो । बर्दघाट नगरपालिकाको वडा नम्बर १३ स्थित जयन्ती माविमा रहेको क्वारेन्टाइन, बर्दघाट १४ स्थित गंगा मावि क्वारेन्टाइन बर्दघट १६ स्थित सिद्ध आधारभुत बिद्यालयको क्वरेन्टाइन र बर्दघाट ५ को शान्तिनिकुञ्ज रेवती गौमाता गौतम माविमा रहेको क्वारेन्टाइन गरी ४ वटाको अनुगमन गरिएको हो । नगरले प्रत्येक वडामा क्वारेन्टाइन बनाउने तयारीस्वरुप नगरका १२ वडामा क्वारेन्टाइन निर्माण गरेको छ भने बाँकी वडामा समेत विस्तार गर्ने योजना रहेको स्वास्थ्य शाखा प्रमुख ज्ञवालीले बताउनुभयो । क्वारेन्टाइनको अवस्था , बसाई ब्यवस्थापन , खाना खाजा तथा अन्य सुबिधाको वर्तमान अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको उपप्रमुख पौडेलले बताउनुभयो । अनुगमन पछि त्यहाँको अवस्थाबारे नगर प्रमुखलाई जानकारी गराई सुझाव समेत दिएको उहाँले बताउनुभयो । आज दिउसो सम्म बर्दघाट नगरका बिभिन्न क्वारेन्टाइनमा ५३ जना बस्दै आएका छन् ।

Leave A Reply

Your email address will not be published.