Jilla Ban Notis

केन्द्रियउपाध्यक्ष पदमा तिवारीको मनोनयन दर्ता ।

0 24

गौरीशंकर जयसवाल
परासी , ५ कात्तिक
निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय उपाध्यक्ष [ जिल्ला रनगर ] पदमा नवलपरासी उद्योग वाणिज्य संघले संघका सल्लाहकार गुणनिधि तिवारीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।
संघका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा आज बसेको संघको बैठकले महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहनुभएका तिवारीलाई केन्द्रीय उपाध्यक्ष पदका लागि सिफारिस गरेको हो ।

आजै अनलाइन मार्फत तिवारीको मनोनयन समेत दर्ता गरिएको संघका महासचिव गिरीराज पाण्डेले बताउनुभयो । तिवारीले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहबाट जिल्ला नगर उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।

तिवारी यसअघि महासंघमा पटक–पटक केन्द्रीय सदस्य रहदैँ पछिल्लो पटक लुम्बिनी प्रदेशको अध्यक्ष हुनुहुन्थ्यो । महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

Leave A Reply

Your email address will not be published.