Jilla Ban Notis

कर छुटको माग गर्दै नवलपरासी सिलाई ब्यवसायी संघ ।

0 24

बर्दघाट , असार २४

नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ नवलपरासी बर्दघाट सुस्ता पश्चिमले लकडाउनको अवधिभर तिर्नुपर्ने सम्पुर्ण करहरु छुट गर्न माग गरेको छ । प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै संघले यस्तो माग गरेको हो । संघले ब्यवसाय सञ्चालन गर्न लिएको बैंक कर्जाको ब्याजमा विशेष छुटको ब्यवस्था गर्न, लकडाउन भरिको घरभाडा मिनाहा वापत ५० प्रतिशत छुटको ब्यवस्था गर्न, सिलाई पेशामा संलग्न रहेका सबै सिलाई मजदुरहरुको दैनिक जिवन निर्वाहको विशेष राहतको ब्यवस्था गर्न तथा बैंकको ब्याज छुट गरि किस्ता तिर्ने समय सिमा आगामी माघ महिना सम्म ब्यवस्था लगाएतको माग गरेको नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष जोगेन्द्र प्रसाद हरिजन र जिल्ला सचिव सन्तोष गौतमद्धारा हस्ताक्षरित ध्यानाकर्ष पत्रमा उल्लेख छ ।
त्यस्तै संघले सरकारले घोषणा गरेको लक डाउनको अवधिमा दिनुपर्ने सहुलियत नदई उल्टै कर तिर्न ताकेता गरेको भन्दै पश्चिम नवलपरासीका सात वटै स्थानिय तहका प्रमुखलाई पनि लकडाउनको अवधिभर तिर्नुपर्ने सम्पुर्ण करहरु छुट गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

Leave A Reply

Your email address will not be published.