Jilla Ban Notis

आफुहरु जवलेस भएको जिल्ला निर्वाचन कार्यालय नवलपरासीका कर्मचारीहरुको भनाई ।

0 89

कृष्ण ढकाल
बर्दघाट,पौष–२२
जिल्ला निर्वाचन कार्यालय नवलपरासीका कर्मचारीहरुले अहिले आफुहरु जवलेस भएको भन्दै आफुहरुलाई क्रियासील बनाउन जिल्लाका राजनितिक दलहरुसंग आग्रह गरेका छन् । बुधवार जिल्ला निर्वाचन कार्यालयमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागि भएका राजनितिक दलका नेताहरुसंग उक्त आग्रह गरेका हुन । निर्वाचनका वेलामात्र आफ्ना शुभेच्छुक मतदाताहरुको नामावली अध्यावधिक गर्न भिडलाग्ने तर अरु समयमा फर्केर पनि नआउने परिपाटी भएको गुनासो गर्दै अन्य समयमा समेत मतदाता नामावली अध्यावधीक गर्न पठाउनका लागि राजनितिक दलहरुसंग आग्रह गरेका थिए । अहिले मतदाता नामावली अध्यावधिक गर्न कोहि पनि नआउने गरेका कारण आफुहरु जवलेस भएको उनीहरुको गुनासो रहेको थियो । जिल्ला निर्वाचन कार्यालय नवलपरासीका निर्वाचन अधिकृत विजय कार्की र नायव सुब्वा राजेन्द्र कुमार वस्नेतले सहजीकरण गर्नु भएको कार्यक्रममा जिल्लाका विभिन्न राजनितिक दलका नेता तथा प्रतिनिधि,पत्रकार लगाएतको सहभागिता रहेको थियो । सो अवसरमा सहभागि राजनितिक दलका नेताहरुले निर्वाचन कार्यलयले पनि स्थानिय तहसंग सहकार्य गरेर मतदाता नामावली अध्यावधिक गर्न क्याम्पीङ्ग चलाउनु पर्ने सुझाव दिएका थिए । त्यसैगरी आदिवासी जनजाती महासंघ नेपालका जिल्ला अध्यक्ष देवराज चौधरीले मतदाता नामावली अध्यावधिक गर्दा सबैको थर सहि किटान गर्न सुझाव दिनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.