Palhinandan Jado

आचार्यमाथि सांघातिक हमला भएको भन्दै नेकपा वडा कमिटिहरुद्धारा गम्भिर ध्यानाकर्षण ।

0 23

माधव प्रसाद घिमिरे
बर्दघाट,पुष–३
बर्दघाट नगरपालिका वडा नं ९ पञ्चनगरमा रहेको राजा महात्मा पूर्णभद्र माविमा कार्यरत शिक्षक छविलाल आचार्यमाथि सांघातिक हमला गरी चोट लागेको भन्दै नेकपा बर्दघाट वडा कमीटी वडा नं. ८,९ र १० ले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

वडा नं. ८ का दिलीप चौधरी,९ का हेमलाल न्यौपाने र १० का शिवदेव न्यौपानेद्धारा संयुक्त रुपमा जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरीएको छ । विज्ञप्तीमा वडा नं ११ की दिपमाया चौधरीले समेत आपत्ति जनाएको उल्लेख गरीएको छ ।

पौष १ गते बुधवारका दिन सोही विद्यालयका विद्यालय ब्यवस्थापन समितिका सदस्य कृष्ण गिरीवाट आर्चाय माथि सांघातिक हमला भै चोट लागेकोले त्यस प्रकारका गलत कार्यको नेकपा बर्दघाट वडा कमीटी वडा नं. ८,९ ,१० र ११ ले निन्दा एवं भर्षना गर्दछ विज्ञप्तीमा उल्लेख गरीएको छ । त्यसैगरी दोषी माथी अबिलम्व कारवाहिको माग समेत विज्ञप्ती मार्फत गरीएको छ ।

Leave A Reply

Your email address will not be published.