Jilla Ban Notis

अज्ञात समुहद्वारा बर्दघाट नगरपालिकाको एम्बुलेन्समा तोडफोड

0 48

मुक्ती तिवारी

बर्दघाट,मंसीर–१४

गएराती अज्ञात समुहले बर्दघाट नगरपालिका द्वारा संचालित लु १ झ ४१८ नम्बर को एम्बुलेन्स माथी ढुङ्गा प्रहार गरेको छ।एम्बुलेन्स चालक मान बहादुर रानाले बर्दघाट नगरपालिक वडा न १४ गङ्गाबस्ती स्थित आफ्नै घर अगाडि सडक छेउमा पार्किङ गरि राखेको अवस्थामा राती करिब १०.३० बजेतिर ढुङ्गा प्रहार भएको स्थानियले बताए।  घटना लगत्तै चालक रानाले प्रहरिलाई खबर गरिएको बताए।राती अचानक आवाज आएपछी उठेर हेर्दा एम्बुलेन्स को पछाडि को सिसा क्षतीग्रस्त देखिएको वडा न १४ का वडा सदस्य टेकनारायण नवलपुरिया थारु ले जानकारि दिए।सार्वजनिक सम्पती एम्बुलेन्स जस्तो अत्यावश्यक साधनमा समेत यस्तो किसिमको कृयाकलाप अत्यन्तै गलत र अमानवीय रहेको उनले बताए। ढुङ्गा प्रहार बाट एम्बुलेस को पछाडिको भाग को सिसा पुर्ण रुपमा फुटेको छ ।अरु भागमा भने कुनै क्षती नरहेको चालक मान बहादुर रानाले बताए। ढुङ्गा प्रहार गर्नेहरुको खोजी कार्य जारि रहेको इलाका प्रहरी कार्यालय सेमरी ले बताएको छ।

Leave A Reply

Your email address will not be published.